+
+
Shares

चट्याङ लागेर सुर्खेतमा एकजनाको मृत्यु, ४ घाइते

शुक्रबार दिउँसो खेतमा धान रोपाइँ गरिरहेको बेला चट्याङ पर्दा भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिल बहादुर शाहीको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
  • मृत्यु हुने व्यक्तिको नाम डिल बहादुर शाही हो र उनी भेरीगंगा नगरपालिका–८ का हुन्।
  • घाइतेहरूमा पर्वत विक, हुम बहादुर थापा, नवीन विक र सुनिता गिरी रहेका छन् र उनीहरूको अवस्था सामान्य छ।

२० असार, ‎‎सुर्खेत। चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो खेतमा धान रोपाइँ गरिरहेको बेला चट्याङ पर्दा भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिल बहादुर शाहीको मृत्यु भएको हो ।

‎आज दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासि चट्याङ परेको थियो । चट्याङ लागेर थप चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ‎‎

चट्याङ लागेर घाइते हुनेहरूमा सोही ठाउँका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नवीन विक र ३० बर्सिया सुनिता गिरी रहेका छन् ।

घाइतेहरूको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमा उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?