+
Home › Sports › Cricket › प्रतिक श्रेष्ठ

प्रतिक श्रेष्ठ
नेपाल, ब्याट्समेन

Full Name: प्रतिक श्रेष्ठ
Nationality: नेपाल
Position: ब्याट्समेन

प्रतिक श्रेष्ठ नेपाली घरेलु क्रिकेटका प्रतिभावान र भरपर्दा युवा अलराउन्डर हुन्। १८ डिसेम्बर २००४ मा चितवनको सावनपुरमा जन्मिएका २१ वर्षीय प्रतिक दायाँ हाते मध्यक्रमका ब्याटर र दायाँ हाते अफ-ब्रेक बलर हुन्।

उनले घरेलु क्रिकेटमा मुख्य रूपमा बागमती प्रदेशको प्रतिनिधित्व गर्दै आफ्नो खेल कौशल प्रदर्शन गर्दै आएका छन्। उमेर समूहको क्रिकेटबाटै आफ्नो प्रभाव छाड्न सफल उनले सन् २०२२ को यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशका लागि खेल्दै १४२ रनको सानदार अविजित शतकीय इनिङ्स खेलेका थिए, जसले उनलाई राष्ट्रिय स्तरमा चर्चामा ल्याएको थियो।

नेपाल प्रिमियर लिग (एनपीएल) मा उनको यात्रा निकै रोचक छ। सुरुवाती दुई संस्करणमा उनले काठमान्डु गोर्खाजबाट क्रिकेट खेलेका थिए।

सन् २०२६ को नयाँ सिजनका लागि भने काठमाडौँले उनलाई फुकुवा गरेपछि अक्सनमार्फत उनलाई विराटनगर किङ्सले ‘सी’ श्रेणीको बेस प्राइस २ लाख रुपैयाँमा आफ्नो टोलीमा आबद्ध गराएको छ।

मध्यक्रममा धैर्यताका साथ ब्याटिङ सम्हाल्ने र आवश्यकता अनुसार स्पिन बलिङमार्फत साझेदारी तोड्न सक्ने क्षमता भएका प्रतिकलाई नेपाली क्रिकेटका आगामी दिनका लागि एक उदीयमान खम्बाका रूपमा हेरिएको छ।

Read Full