+
Home › Sports › Cricket › धनन्जय लक्षन

धनन्जय लक्षन
श्रीलंका, अलराउण्डर

Full Name: धनन्जय लक्षन
Nationality: श्रीलंका
Position: अलराउण्डर

श्रीलंकाका २८ वर्षीय धनञ्जय लक्षण बायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका पेसर हुन्। एनपीएलको दोस्रो संस्करणमा पनि पोखरा एभेन्जर्सबाटै खेलेका उनी तल्लो र मध्यक्रममा उपयोगी ब्याटिङ गर्नुका साथै मध्यम गतिमा बलिङ गर्ने क्षमता भएका अलराउन्डर हुन्।

घरेलु तथा प्रथम श्रेणी क्रिकेटमा ५ शतक र २४ अर्धशतकसहित ३ हजार ७५६ रन बनाउनुका साथै ८२ विकेट लिएका लक्षणसँग राम्रो अनुभव रहेको छ। लिस्ट ए क्रिकेटमा पनि उनले १ शतक र १० अर्धशतकसहित १ हजार ९०९ रन र ५६ विकेट जोडेका छन्।

समग्र टी-२० क्रिकेटमा ७५ खेल खेल्दै ८३८ रन बनाएका लक्षणले ५१ विकेट समेत आफ्ना नाममा दर्ता गराएका छन्।

पोखरा एभेन्जर्सका लागि उनको निरन्तरताले टोलीको बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलन प्रदान गर्दछ।

Read Full