+
Home › Sports › Cricket › अक्बर अली

अक्बर अली
बंगलादेश, विकेट किपर

Full Name: अक्बर अली
Nationality: बंगलादेश
Position: विकेट किपर

२४ वर्षीय अकबरले बंगलादेशको सिनियर राष्ट्रिय टोलीबाट खेल्ने अवसर नपाए पनि घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेका छन् ।

विकेटकिपरका रूपम खेल्ने गरेका उनले दाँयाहाते ब्याटिङ गर्छन् ।

उनले २८ प्रथम श्रेणी खेलमा १,३६१ रन, १०६ लिस्ट ‘ए’ खेलमा २,२२२ रन तथा ८६ टी–२० खेलमा १,१८० रन बनाएका छन् ।

अकबर भर्खरै सम्पन्न बंगलादेश प्रिमियर लिग (बीपीएल) मा राजशाही वारियर्सबाट खेल्दै उपाधि विजेता टोलीका सदस्य पनि बनेका थिए ।

सन् २०२० मा उनकै कप्तानीमा बंगलादेश यू–१९ टोलीले पहिलोपटक यू-१९ विश्वकप जितेको थियो ।

Read Full