+
Home Sports Cricket मिलिन्द कुमार

मिलिन्द कुमार
अमेरिका, ब्याट्समेन

Full Name: मिलिन्द कुमार
Nationality: अमेरिका
Position: ब्याट्समेन

भारतमा जन्मिएका मिलिन्दले हाल अमेरिकी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिरहेका छन् । उनले सन् २०११ मा दिल्लीको टोलीमार्फत रणजी ट्रफीमा डेब्यू गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेले ।

मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए । २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर उनले आईपीएलमा खेल्न भने पाएका थिएनन् ।

२०२१ मा उनी माइनर लिग क्रिकेट हुँदै अमेरिकी क्रिकेटमा स्थापित भएका थिए । उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन् ।

नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । २०२५ को सेप्टेम्बरमा मिलिन्दले नामिबियाको विन्डहकमा नामिबियाविरुद्ध अविजित ७४ र यूएईविरुद्ध अविजित १५५ रन बनाएका थिए ।

यसै वर्षको मेमा उनले क्यानडाविरुद्ध अविजित ११५ र ओमानविरुद्ध ६८ रनको इनिङ्स खेलेका थिए, जसको कारण उनी आईसीसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए ।

मिलिन्दले सबैखाले टी–२० मा ९० खेल खेल्दै १६०० भन्दा बढी रन बनाएका छन् । यस्तै १७ विकेट पनि लिएका छन् ।

Read Full