+
Home › Sports › Cricket › रित गौतम

रित गौतम
नेपाल, ब्याट्समेन

Full Name: रित गौतम
Nationality: नेपाल
Position: ब्याट्समेन

रित गौतम नेपालको उमेर समूहको कप्तानी गरिसकेका खेलाडी हुन् । काठमाडौंका २५ वर्षीय रित ओपनर ब्याटर हुन् ।

नेपालको यू-१६ र यू-१९ राष्ट्रिय टिमको कप्तानी गरेका रित कुनै बेला नेपाली क्रिकेटको राम्रो भविष्यको रुपमा देखिएका थिए । तर घरेलु क्रिकेट र उमेर समूहमा राम्रो प्रदर्शन गर्नका बावजुत पनि रितको करियर उतारचढाव रह्यो । उनले बागमती प्रदेशबाटै घरेलु क्रिकेट खेल्दै आएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा रितले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका थिए । तर दोस्रो सिजनअघि उनी याक्सबाट रिलिज भए । त्यसपछि अक्सनमा समावेश भएका उनलाई कुनै पनि टिमले अनुबन्ध गरेन । तेस्रो सिजनका लागि भने उनले पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सले अनुबन्ध गरेको छ ।

रितले नेपाली क्रिकेटमा युनिक कीर्तिमान बनाएका छन् । उनी नेपालको यू-१६ र यू-१९ राष्ट्रिय टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रितले त्यो लयलाई निरन्तरता दिन संघर्ष गरिरहेका छन् ।  रितले सन् २०१७ मा एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगितामा म्यानमार विरुद्ध १०६ रन बनाएका थिए । यस्तै २०१९ मा एसीसी यू-१९ इस्टर्न जोन प्रतियोगितामा सिंगापुर विरुद्ध अविजित ११५ रन बनाएका थिए ।

Read Full