+
+

Nepal Police Club vs Church Boys United

२०८१ माघ ३०, बुधबार
Nepal Police Club
Nepal Police Club
Sanjib Lama(58)
1 - 0 Full Time
Church Boys United
Church Boys United
Police win by 1-0 & enter the final
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
२४औं संस्करणको आहारारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिट आजलाई बिदा माग्दछौँ । अब भोली हुने थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको दोस्रो सेमिफाइनल खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद।
Commentry
प्लेअर अफ दि म्याच  :सन्जिव लामा (नेपाल पुलिस क्लब)
Commentry
आहारारा पोखरा गोल्डकपको २५०औं खेलमा नेपाल पुलिस क्लबले जित हात पारेको छ । २४औं संस्करणको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजलाई १-० ले हराएर नेपाल पुलिस फाइनल पुगेको छ । पुलिसको जितमा सन्जिव लामाको गोल निर्णायक रह्यो । आहरारा पोखरामा पुलिसले आफ्नो ५०औं खेललाई जितसहित स्मरणिय बनायो । पुलिस २०७६ सालपछि आहरारामा फाइनल पुगेको हो । पुलिसले अब उपाधिका लागि थ्री स्टार र ब्ल्याक बुल्स एफसीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
Full Time
Full Time

substitute खेलाडी परिवर्तन 90+7'

Niraj Khadka Midfielder
Ujjwol Rai Midfielder
90+5'
Commentry

चर्च ब्वाइजका किपर टिकेन्द्र विपक्षीको पोष्टमा पुगेका छन् । रोहन कार्कीको कर्नर प्रहार टिकेन्रले पेना्लटी बक्सबाट हानेको प्रहार फ्रेममा पर्न सकेन ।

90+4'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

Commentry
दुवै टोली आक्रमक बनेर खेलिरहेका छन् । एक गोलले पछि परेको चर्च ब्वाइज बराबरी गोल फर्काउने प्रयासमा छ भने पुलिस एक गोल बचाउने योजनामा छ ।
90'
Commentry

दोस्रो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

substitute खेलाडी परिवर्तन 90'

Manish Sedai Midfielder
90'
Commentry

चर्च ब्वाइजका रोहनको फ्रिकिक क्लियर भएको छ । उनका टिममेटले सदुपयोग गर्न सकेनन् ।

88'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई पुलिसको पेनाल्टी नजिक फ्रिकिक । यो राम्रो अवसर हुन सम्छ । चर्च ब्वाइज र पुलिसका खेलाडीहरुबीच केही विवाद भएको छ ।

substitute खेलाडी परिवर्तन 77'

Arun Gaha Defender
77'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर । नविन लामाको कर्नर सिधै पुलिसका किपर सत्रुघनको हातमा ।

75'
corner

कर्नर किक

पुलिसलाई कर्नर ।

74'
फ्री किक

फ्री किक

पुलिसलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

Commentry
एक गोलले पछि परेको चर्च ब्वाइज लगातार आक्रमणमा देखिएको छ । तर फिनसिङ चुस्त हुन सकेको छैन भने पुलिसले पनि राम्रो डिफेण्ड गरिरहेको छ ।

substitute खेलाडी परिवर्तन 66'

58'
Goal
Nepal Police Club - Sanjib Lama
GOAL !

Goal!! पुलिसले अग्रता लिएको छ । सन्जिव लामाले गोल गरेका हुन् । चर्च ब्वाइजका राज भुषालले क्लियर गरेका बल सन्जिव लामाले इन्टरसेप गर्दै करिब २५ यार्डबाट भलि प्रहारमा गोल गरेका हुन् ।

55'
फ्री किक

फ्री किक

पुलिसलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पुलिस र चर्च ब्वाइज दुवैले पहिलो हाफमा गोलको अवसर बनाउन सकेनन् । दोस्रो हाफमा कुन टिमले पहिले गोल गर्ला ? केही बेरको ब्रेकपछि हामी फेरि लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ ।
Half Time
Half Time
45+3'
फ्री किक

फ्री किक

पुलिसलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

45+2'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई अट्याकिङ एरियामा फ्रिकिक ।

45+1'
पहेंलो कार्ड

पहेंलो कार्ड

पुलिसका शिशिर चौधरीलाई पहेँलो कार्ड ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

45'
corner

कर्नर किक

पुलिसलाई कर्नर ।

42'
फ्री किक

फ्री किक

पुलिसलाई अट्याकिङ एरियामा फ्रिकिक । उज्वल राईको प्रहार चर्च ब्वाइजका खेलाडीले क्लियर गरिदिए ।

Commentry
पहिलो हाफको ४० मिनेट सकिँदा दुवै टोलीले पोष्टमा आक्रमण गर्न सकेका छैनन् । आहारारा पोखरा गोल्डकपको २५०औं खेल चलिरहेको छ । तर दर्शकले भने खासै मनोरञ्जन लिन पाएका छैनन् ।
31'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

21'
Commentry

उज्वल राईले हानेको फ्रिकिक सिधै विपक्षीको पोष्टमा  ।तर कुनै खतरा भएन । चर्च ब्वाइजका किपर टिकेन्द्रले सहजै बचाए ।

21'
फ्री किक

फ्री किक

पुलिसलाई अट्याकिङ एरियामा फ्रिकिक ।

15'
corner

कर्नर किक

पुलिसले कर्नर पाएको छ । विवेक पाण्डेले दायाँ साइडबाट दिएको क्रस टिममेटले भेटेनन् । चर्च ब्वाइजले क्लियर गर्ने क्रममा बाहिर गएपछि  पुलिसले कर्नर पाएको छ ।

14'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

10'
Commentry

पुलिसका उज्वल राईले बायाँ भागबाट बल अगाडी बढाउँदै पेनाल्टी बक्समा पुर्‍याएका थिए । तर उनले बल कन्ट्रोल गरेर प्रहार गर्न सकेनन् ।

9'
Commentry

नविन लामाको फ्रिकिकमा रोहन कार्कीले हेड गरेर्का थिए तर आफ्नै टिममेटलाई लाग्दै बल बाहिर गयो ।

9'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई पेनाल्टी बक्स बाहिर फ्रिकिक ।

7'
फ्री किक

फ्री किक

मिलन राईलाई पुलिसका खेलाडीले फल गरेपछि चर्च ब्वाइजलाई फ्रिकिक । मिलन केही समस्यामा छन् । उनलाई मेडिकल टिमले हेर्दैछ ।

5'
Commentry

चर्च ब्वाइजका समिर तामाङको लङ सट । तर उनको प्रहार पोष्ट भन्दा थोरैले बाहिर गयो ।

2'
Commentry

नविन लामाको कर्नर पुलिसका खेलाडीले क्लियर गरेका छन् ।

1'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

Kick Off
Kick Start
Commentry
पुलिसले आज दुई खेलाडी परिवर्तन गरेको छ । आशिष राई र सुजन मगरको स्थानमा मनिष सेढाई र अरुण गाहा पहिलो रोजाईँमा खेल्दैछन् । आशिष र सुजन युनान युथ टिमसँग खेल्ने नेपाली टिममा रहेकोले टिममा परिवर्तन गर्नु परेको हो । यस्तै चर्च ब्वाइजले एक परिवर्तन गरेको छ । मनिष जर्घा मगरको स्थानमा राज भुषाल पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
फिफा धुनसँगै दुवै टिमका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । नेपाल पुलिस क्लब रातो र चर्च ब्वाइज सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
६ पटक उपाधि जितेको पुलिस यसअघि खेलेका ४९ खेल मध्ये ३३ खेल जितेको छ भने १६ खेलमा मात्र पराजित भएको छ । पुलिसले १० पटक फाइनल खेल्दा ६ पटक उपाधि जित्न सफल भएको थियो भने ४ पटक फाइनलमा पराजित भएको थियो । यसैगरी ४ पटक सेमिफाइनलमा पराजित हुँदा ५ पटक क्वाटरफाइनलमा पराजित भएको छ । ३ पटक भने पुलिस पहिलो चरण अर्थात प्रि क्वाटरफाइनलमै पराजित भएको थियो ।
Commentry
पुलिस त्यस्तो टोली हो जसले आहरारा गोल्डकपमा अहिलेसम्मको २४ मध्ये २३ वटा संस्करण खेलेको छ । यस मानेमा पुलिस धेरै संस्करण खेल्ने टोली पनि हो । २०६३ सालमा भने एएफसी प्रेसिडेन्ट कपमा व्यस्त भएकोले पुलिसले पोखरामा भाग लिएन ।
Commentry
२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको यस प्रतियोगिताको पहिलो विजेता नै पुलिस थियो । क्याराभानपछि २०५९ सालमा आहा गोल्डकपको नामबाट भएको प्रतियोगिता उपाधि जितेको थियो । २०६०, २०६१ र २०६२ मा पनि फाइनलमा पुगेको पुलिस उपविजेता बनेको थियो । २०६३ मा भाग नलिएको पुलिसले २०६४ देखि २०६६ सम्म लगातार तीन पटक आहा गोल्डकपको उपाधि जितेर ह्याट्रिक गर्‍यो । पुलिसले पछिल्लो पटक २०७४ सालमा उपाधि जितेको थियो भने २०७६ सालमा फाइनलमा पराजित भएको थियो । यस्तै पुलिसले पछिल्लो पटक २०७७ सालमा सेमिफाइनल खेलेको थियो । पुलिसले चार वर्षपछि आहारारा पोखरा गोल्डकपमा सेमिफाइनल खेल्न लागेको हो ।
Commentry
मनाङ मर्स्याङ्दी समान सर्वाधिक ६ पटकको विजेता पुलिसको लागि पनि आजको खेल विशेष हुनेछ । पुलिस आहरारा पोखरा गोल्डकपमा आफ्नो ५०औ खेल खेल्दैछ । यसअघि मनाङले मात्र ५० खेल खेलेको छ । मनाङले पोखरामा सर्वाधिक ५२ खेल खेलेको छ । तर यस पटक मनाङ सहभागि छैन ।
Commentry
पुलिस र चर्च ब्वाइज आहरारामा भिड्न लागेको यो लगातार तेस्रो पटक हो । चर्च ब्वाइजले पोखरामा खेल्न थालेयता यी दुई टोली नियमित भेट भएका छन् । तर आहरारा पोखरा गोल्डकै सर्वाधिक सफल टोली पुलिसले पोखरामा चर्च ब्वाइजलाई हराउन सकेको छेन । २२औं संस्करणको प्रि क्वाटरफाइनलमा भेट हुँदा चर्च ब्वाइजले पुलिसमाथि २-१ को पुनरागमन जित निकालेको थियो । यस्तै गत वर्ष २३औं संस्करणमा क्वाटरफाइनलमा चर्च ब्वाइजले पुलिसलाई १-० ले हराएको थियो । पुलिस सामु दुई हारको बदला लिने अवसर छ ।
Commentry
नेपाल पुलिस क्लब र चर्च ब्वाइज दुवैले समान दुई खेल जित्दै सेमिफाइनल पुगेका हुन् । उद्घाटन खेलमे आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको पुलिसले त्यसपछि क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० ले पराजित गरेको थियो । चर्च ब्वाइजले भने पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गरेको थियो भने क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मीलाई १-० ले पराजित गरेको थियो ।
Commentry
आजको खेल ऐतिहासिक हुनेछ । आजको खेल आहरारा पोखरा गोल्डकपको २५०औं खेल हुनेछ । जुन प्रतियोगिताको अर्को कोशेढुंगा हो । खेल पोखरा रंगशालमा २:३० बजे सुरु हुनेछ । हामी खेलको अपडेटसहित सम्पूर्ण जानकारीहरु दिँदै जानेछौँ ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटको नवौँ दिनमा पर्यटकिय नगरी पोखराबाट स्वागत छ । आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेल हुँदैछ । नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच आज प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan