Comments Add Comment

अविश्वास प्रस्ताव

List Grid
लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई जवाफ दिने समयका लागि बैठक स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए । बैठक २ बजेर ४५ मिनेटमा पुनः शुरु हुने उनले बताए । विपक्षी गठबन्धनका कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता […]

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दायर अविश्वास प्रस्तावको छिनोफानो आज

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक […]

लुम्बिनीमा चार महिनादेखिको सत्ता राजनीतिको छिनोफानो बुधबार

२६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा चार महिनादेखि जारी सत्ता राजनीतिको छिनोफानो बुधबार हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै […]

लुम्बिनीमा माओवादी र कांग्रेसबीच ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति

२५ साउन,बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेका विपक्षी गठवन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने समझदारी भएको छ । विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । तर मुख्यमन्त्रीले विश्वासको मत पाउने […]

लुम्बिनीका मन्त्री भन्छन् : अविश्वास प्रस्तावको सामना गर्छौं

१९ साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारले विपक्षी गठवन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावको ‘फेस’ गर्ने सरकारले बताएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदको हस्ताक्षरसहित विपक्षी गठवन्धनले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । साथै प्रदेश प्रमुखसमक्ष विशेष […]

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : विपक्षीले रोजेको असंवैधानिक बाटो

१९ साउन, काठमाडौं । विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्, जसलाई संवैधानिक कानूनका जनकारहरुले भने संविधान अनुकुल नभएको बताएका छन् । मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास छैन भनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदले मंगलबार प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता […]

ओलीलाई विश्वासको मत कुनैपनि दृष्टिबाट उचित थिएन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सर्वोच्च अदालतको फैसला तथा नवौं राष्ट्रिय महाधिवेशनको निर्णय अनुसार अघि बढाउने हाम्रो प्रयास पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कारण सफल हुन सकेन । उहाँले प्रतिनिधिसभामा विश्वासको मत लिनु पूर्व समेत हिजो मात्र प्रेस वक्तव्य मार्फत अहंकार, गुटगत र पार्टी एकताविरोधी प्रवृत्ति देखाइरहनुभयो । पार्टीलाई नवौं राष्ट्रिय महाधिवेशनको […]

देउवालाई महन्थ–राजेन्द्रको आग्रह : सत्ताका लागि जसपा नफुटाइदिनुस्

२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् र सत्ताका लागि आफ्नो पार्टी नफुटाउन आग्रह गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित छ । महन्थ र राजेन्द्र पक्ष प्रधानमन्त्री एवं […]

गण्डकीमा अविश्वासको प्रस्तावमाथि २७ गते मतदान

२३ वैशाख, काठमाडौं । सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव  गरेका हुन् । सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै […]

पहिले प्रधानमन्त्रीको भविष्य हेर्न चाहन्छन् मुख्यमन्त्री गुरुङ

२१ वैशाख, पोखरा । अविश्वासको प्रस्तावबारे छलफल गर्न बोलाइएको गण्डकी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशन अनिश्चित बनेको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका विपक्षी दलले अविश्वास प्रस्तावलाई यसै हप्ता टुंगोमा पुर्‍याउनुपर्ने बताए । तर सत्तारुढ नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ पहिलो हप्ताअघि […]

कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

१५ वैशाख, पोखरा । सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ । प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् । उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले […]

गण्डकीमा एमाले नेतृत्वको सरकारको छिनोफानो आजै

१५ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने वा नरहने छिनोफानो बुधबार नै हुने भएको छ । वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार नै निर्णायार्थ पेश गर्ने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २५ […]

गण्डकीमा एमाले सांसदले भने : नयाँ गठबन्धन फाटेको धोतीजस्तो, धेरै टिक्दैन

१५ वैशाख, काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अप्राकृतिक, सत्तालिप्सामा केन्द्रित र प्रदेशका जनताले दिएको अभिमतको विरुद्धमा भएको बताएको छ । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै एमाले सांसद कृष्णबहादुर थापाले प्रदेशको सबैभन्दा ठूलो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नु अप्राकृतिक र सत्तालिप्साको उदाहरण भएको बताए । अहिलेको सरकारलाई एमालेको २७ […]

गण्डकीमा सांसदको कोरोना परीक्षण : रिपोर्ट पोजेटिभ आए पनि भोट हाल्न पाइने

१४ वैशाख, पोखरा । सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछिमात्रै बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्तासँगै सोमबार सुरु भएको विशेष अधिवेशनमा कोरोना परीक्षण बिना बैठक चल्न नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेले मंगलकार संसद बैठक अवरुद्ध गरेको थियो । सरकारका प्रवक्ता र मन्त्री नै सहभागी […]

अविश्वास प्रस्तावमा चलखेल हुन नदिन सांसदहरुलाई रिसोर्टमा राखियो

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा रहेका दलहरुले आफ्ना सांसदहरुलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन् । कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई मंगलबारदेखि पोखराको रिसोर्टमा राखेका हुन् । कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा छन् । जसपाले भने आफ्ना प्रदेशसभा सदस्यहरुलाई कुटी नजिकैको […]

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले भने, ‘मैले विश्वासको मत […]

प्रदेश १ मा माओवादी केन्द्रले फिर्ता लियो अविश्वास प्रस्ताव

२३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरे । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले विशेष परिस्थितिमा दर्ता गरिएको अविश्वास प्रस्ताव […]

माओवादीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिंदै

२३ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव फिर्ता लिने भएको हो । गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र […]

प्रदेश १ मा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल अनिश्चित

१ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । गत फागुन ९ गते संसदमा टेबल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको थियो […]

‘सरकारमा जानुपर्छ, तर ओलीलाई साथ दिन सकिन्न’

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट सांसदहरुले नै सरकारमा जानुपर्ने बताएका छन् । तर असंवैधानिक रुपमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नसकिने प्रष्ट मत राखेका छन् । पर्ख र हेरेको अवस्थामा रहेका सभापति देउवाले ल्होत्से हल, नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा फागुन २३ गते सुरु हुने […]

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव : केन्द्रपछि मात्रै प्रदेशको छिनोफानो

१९ फागुन, विराटनगर । सत्तारुढ दलको बहिस्कारका बीच मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गराएका प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी एक कदम पछि हटेका छन् । यससँगै प्रदेशसभामा अविश्वासको प्रस्तावमाथिको छलफल चैत २ का लागि सरेको छ । ९ फागुनमा प्रदेशसभामा टेबल भएको अविश्वासको प्रस्तावमाथि बिहीबारदेखि छलफल अघि बढाउने तयारी थियो । तर अघिल्लो […]