Comments Add Comment

उपेन्द्र सुब्बा

List Grid
उपेन्द्र सुब्बा देखिए जति राम्रोचाहिँ होइन है !

८ चैत, काठमाडौं । कुनै समय सहरमा उपेन्द्र सुब्बा कविका रुपमा चर्चित थिए । बिस्तारै उनको कविता कम प्रकाशित हुन थाल्यो । बरु लिम्बू समुदाय र पहाडी जनजीवनको मर्म मिसिएका कथा पत्रपत्रिकामा छापिन थाले । अनि उपेन्द्र सुब्बा (उपेन्द्रबहादुर आङेदेम्बे) को चर्चा कथाकारको रुपमा हुन थाल्यो । त्यही बखत उनको ‘लाटो पहाड’ कथासंग्रह आयो । […]

उपेन्द्र सुब्बाः वान्स अपन अ टाइम इन पान्थर

३१ कात्तिक, काठमाडौं । कबड्डीका झाँक्री फेला परे, ताल्छिखेलस्थित एक क्याफेमा । ‘खिर ख्वाएर गर्भवती हुने’ काइदा सिकाउने झाँक्रीको यतिबेला भने जटा थिएन, लामो कपाल सर्लक्क टुप्पीमा बाँधेका । दाह्री-जुँगा पनि मुडिएछ । जिन्स र ज्याकेटमा ठाँटिएर क्याफे अघिल्तिर पारिलो घाम तापिरहेका थिए । ‘झाँक्री भनेर हैरान पारे हौ, कवि भन्नु नजानेको नि ?’ ठेट […]

‘झाँक्रीबाले सताउनु सतायो हाउ !’

कवि/कथाकार उपेन्द्र सुब्बा साहित्यिक कार्यक्रमहरुमा जाँदा छुट्टै छाप छाड्छन् । कविता वाचनमा लिम्बू लबज र ठेट शैलीले उनी आकर्षणको पात्र बन्छन् । पछिल्लो समय भने अर्को पाटोले पनि उनको आकर्षण बढायो । त्यो हो, फिल्मको अभिनय । आफैंले कथा/पटकथामा सह-लेखन गरेको फिल्म ‘कबड्डी’ र त्यसको सिक्वल ‘कबड्डी कबड्डी’ मा उनी झाँक्रीको भूमिकामा देखिए । डेडलक […]

उपेन्द्र सुब्बाका तीन प्रेम कविता

१. प्रेम घाम हेर्दा राग देखेँ जून हेर्दा दाग देखेँ तारा हेर्दा टाढा देखेँ फूल हेर्दा काँडा देखेँ मैले सबैमा खोट देखेँ अनि आँखा बन्द गरिहेर्दा गान्धारीलाई देखेँ हजुर ! मलाई गान्धारी औधी मन पर्‍यो त्यसै-त्यसै अन्धो हुन मन पर्‍यो । २. सायद अचानक बाटोमा भेटिनु तिमी मुस्कुराउनु सायद, मुस्कुराउनु तिम्रो स्वभाव थियो । बाटोमा […]

चुट्किलामै अल्झिराख्यो भने नेपाली फिल्म उँभो लाग्दैन

मूलतः कवि तथा कथाकार उपेन्द्र सुब्बा फिल्मको स्क्रिप्ट लेखनमा पनि राम्रो दखल राख्छन् । लिम्बू भाषाको फिल्म समेत लेखेका सुब्बाले पछिल्लो समय निर्देशक राम बाबु गुरुङसँग सह–लेखन गरेका फिल्महरुले बजारको ध्यान तान्यो । त्यसमध्ये ‘कबड्डी कबड्डी’ लाई दर्शकले रुचाए भने हालै प्रदर्शनमा आएको ‘पुरानो डुंगा’ ले मिश्रित टिप्पणी पायो । लेखक सुब्बासँग फिल्मको कथा लेखन र […]

उपेन्द्र सुब्बाको अनुभूति: छोरी विदाइ गर्न त गाह्रो पो हाउ !

गत बुधबबार उपेन्द्र सुब्बाले ठूली छोरी काजोलको कन्यादान गरे । हरेक आमा-बुबालाई आफ्ना सन्तान जतिसुकै ठूला हुन्, सानै र कलिलै लाग्छ । २० वर्ष पुगेकी छोरीलाई बिहे गरेर दिइसक्दा उपेन्द्रलाई पनि छोरीले कसरी घर-व्यवहार चलाउली भन्ने लागिरहेछ । ज्वाइँ यूकेमा बस्छन् । तीन छोरीमध्ये माहिली ९ वर्षकी छिन् भने कान्छी भर्खर दुई वर्षकी । ठूली […]