
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मनसरा' दशैं बिदाको अवसरमा जी-ट्वान्टी वान डिजिटल युट्युब च्यानलबाट रिलिज भएको छ।
- रिलिजको २४ घण्टाभित्र यो फिल्मले ६ लाखभन्दा धेरै भ्यूज पाएको छ।
- दयाहाङ राई, मिरुना मगर स्टारर यो फिल्म उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।
काठमाडौं । दशैं बिदाको फाइदा उठाउँदै फिल्म ‘मनसरा’ युट्युबमा रिलिज भएको छ । दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान स्टारर यो फिल्म जी-ट्वान्टी वान डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
रिलिजको २४ घण्टा नबित्दै यो फिल्मले ६ लाखभन्दा धेरै भ्यूज पाएको छ । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले समीक्षासँगै हलबाट समेत व्यवसायिक सफलता प्राप्त गर्यो ।
दशैं बिदाको अवसरमा रिलिज भएकाले यो फिल्मले राम्रो भ्यूज पाउने आशा निर्माताको छ । अहिलेको हिट जोडी दयाहाङ र मिरुनालाई पर्दामा हेर्न चाहने दर्शकको लागि ‘मनसरा’ दर्शनीय हुनसक्छ ।
तपाईं दशैं बिदामा मर्मस्पर्शी र अर्थपूर्ण फिल्म हेर्न चाहनुहुन्छ भने यो फिल्म उपयुक्त हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4