Comments Add Comment

काठमाडाैं महानगरपालिका

List Grid
महानगरको योजना आयोगमा ५ सदस्य नियुक्त

३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी योजना आयोगमा ५ सदस्य नियुक्त गरेको छ । ९ सदस्य हुने आयोगका लागि महानगरे बिहीबार ५ सदस्य नियुक्त गरेको हो । नवनियुक्त सदस्यहरुमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा. डा. त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य र समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी, प्राबिधिकतर्फ इञ्जिनियर सजिब […]

बजेट निर्माणमा जुट्यो काठमाडौं महानगर, विकास योजना पेश गर्न आह्वान

८ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी थालेको छ । यसैक्रममा महानगरपालिकाले महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने गरी महानगरवासीसँग विकास योजना माग गरेको छ । महानगरपालिकाले एक सूचना जारी गरी बैशाख १२ गतेसम्म विकास योजना पेश गर्ने समय दिइएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि तयार […]

रानीपोखरी पुनर्निर्माण : साढे २ करोड बालुवामा पानी हाले सरह

२९ चैत, काठमाडौं । रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण उपयुक्त निर्णय लिन लिन नसक्दा साढे २ करोड भन्दा बढी रकम नोक्सान भएको पाइएको छ । सरकारले तोकेबमोजिम मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न समयमै उपयुक्त निर्णय नलिँदा पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले खर्च गरेको कूल २ करोड ६० लाख ८७ हजार भन्दा बढी रकम खेर गएको […]

चिनियाँ अनुदानको दुई वटा ब्रुमर एक महिनाभित्र काठमाडौं आइपुग्ने

२७ चैत, काठमाडौं । चीनले सडक सफा गर्न दिने भनेको ब्रुमर अर्को महिना काठमाडौं आइपुग्ने भएको छ । गत साउनमा घोषणा गरी साँचो हस्तान्तरण गरेपनि चीनले अनुदानमा दिने भनेको ब्रुमर पठाएको थिएन । तर, अब आगामी मे महिनाभित्र चीनले दुई वटा ब्रुमर पठाउने तय भएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए । बुधबार […]

काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्ड ‘कमजोर’

८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘भवन निर्माण मापदण्ड, २०७५’ कमजोर भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले सच्चाउन निर्देशन दिएको छ । महानगरपालिकाको मापदण्ड ‘भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२’ को दफा १७ विपरित र कमजोर रहेको भन्दै १५ दिनभित्र सच्याउन निर्देशन दिएको हो । मापदण्ड नसच्याए त्यस्ता प्रावधानहरु बदर गराउन आवश्यक कानुनी कारबाही अगाडि […]

काठमाडौंलाई स्मार्ट बनाउन महानगरले पायो २० सुझाव

८ पुस, काठमाडौं । पहिलो पटक शुुरु गरिएको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म २० सुझाव परेको छ ।  काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी गत मंसिर २६ गतेदेखि शुरु गरेका प्रतिस्पर्धामा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ । काठमाडौँको समस्या पहिचान गरी निराकरण, नवीन र प्रविधिमैत्री उपायको खोजी […]

२४औं महानगर दिवसः प्रथम मेयरलाई सम्मान गरिने

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्सी शनिबार २४औं महानगर दिवस मनाउने भएको छ ।  विस २०५२ सालमा काठमाडौंलाई महानगर घोषणा गरिएको  सम्झनामा हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउने गरिएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आइसकेपछि पहिलो पटक महानगर दिवस खुल्ला रुपमा मनाउने तयारी भएको महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिए […]

काठमाडाैं महानगरः वडा कार्यालयका भवन बनाउँदा एकरूपता दिइने

२१ मंसिर, काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने भएको छ । केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएको र भएका केहीको पनि भूकम्पका कारण क्षति भएकाले वडा कार्यालय भवन निर्माणको तयारीमा महानगर जुटेको हो । नयाँ निर्माण गरिने सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने र एउटा वडामा […]

काठमाडाैं महानगरका सबै विद्यालयका विद्यार्थीको एउटै पोशाक

२० मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । […]

सर्वोच्च अदालत अगाडि र चावहिलमा आकाशे पुल बन्ने

२० मंसिर, काठमाडौं । सर्वोच्च अदालत अगाडि र चावहिलमा आकाशे पुल (फ्लाई ओभर ब्रिज) बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले बढी चाप हुने क्षेत्र पहिचान गरी हाललाई यी दुई ठाउँमा खोलेर सार्न मिल्ने खालको आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । रामसाह पथमा अड्डा अदालत, स्वास्थ्य मन्त्रालय लगायत भिडभाड हुने कार्यालय भएकाले त्यहाँ आकाशे […]

कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिन महानगरपालिका तयार

१८ मंसिर, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ । कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताएका हुन् । ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम कामपाको प्राथमितामा परेको पनि […]

काठमाडौंका बाटा बाटामा अब ‘स्मार्ट सोलार डस्बीन’

११ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले मुख्य सडक क्षेत्रमा ‘स्मार्ट सोलार डस्बीन’ (फोहोर फ्याँक्ने भाँडो) राख्न शुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपीपी) अवधारणा अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा ‘स्मार्ट सोलार डस्बीन’ राख्ने योजना बनाएको छ । पहिलो चरणमा हाल माइतीघरदेखि बानेश्वरसम्म १२ वटा सोलार डस्बीन राखिएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी महाशाखाका निर्देशक महेश […]

काठमाडौंका बाटा बाटामा अब ‘स्मार्ट सोलार डस्बीन’

११ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले मुख्य सडक क्षेत्रमा ‘स्मार्ट सोलार डस्बीन’ (फोहोर फ्याँक्ने भाँडो) राख्न शुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपीपी) अवधारणा अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा ‘स्मार्ट सोलार डस्बीन’ राख्ने योजना बनाएको छ । पहिलो चरणमा हाल माइतीघरदेखि बानेश्वरसम्म १२ वटा सोलार डस्बीन राखिएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी महाशाखाका निर्देशक महेश […]

काठमाडाैं महानगरकाे हटलाइनमा अाएन गुनासाे

१० मंसिर, काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महीना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै संख्यामा आएको छ । नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं. ११८०’ को व्यवस्था गरेको तीन महीना बितिसकेको छ । तर, तीन महीना भइसक्दासमेत कामपामा गुनासो गर्ने कोही […]

ब्याक्टेरिया मिसाएर फाेहाेरकाे दुर्गन्ध हटाउने विधिकाे परीक्षण

३ मंसिर, काठमाडाैं । काठमाडौं महानगरपालिकाले जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा सोमबार बिहान टेकु ट्रान्सफर स्टेशनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादीलगायतका जैविक फोहोरमा ‘माइक्रो बायो पोजेटिभ ब्याक्टेरिया’ मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण भएकाे हाे । इड्मा इन्टरनेशनल कम्पनीले यो विधिले फोहोरबाट उत्सर्जन हुने दुर्गन्ध हटाउनले दाबी […]

काठमाडौंका यी ४० ठाउँमा बन्दैछ ‘स्मार्ट ट्वाइलेट’, अटोफ्लसदेखि एसीसम्म

१३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले  स्मार्ट शौचालयको अवधारणा अघि सारेको छ । महानगरका विभिन्न स्थानमा सार्वजनिक प्रयोजनका लागि ‘रोटोमोल्डिंङ’ प्रविधिबाट निर्मित स्मार्ट शौचालय राख्ने महानगरपालिकाको योजना छ । बद्लिँदो युगलाई आत्मसाथ गर्दै स्मार्ट शौचालयको अवधारणा अघि सारिएको हो । आउँदो कार्यपालिकाको बैठकमा स्मार्ट शौचालयको अवधारणा पेश गरिने महानगरपालिकाको सार्वजनिक नीजि साझेदारी महाशाखा प्रमुख महेश […]

जापानी संस्थाले काठमाडौं महानगरलाई दियो विपद् प्रतिक्रियात्मक सामग्री

९ कात्तिक, काठमाडौंं । जापानको एक संस्थाले काठमाडौं महानगरको सहरी जनस्वास्थ्य महाशाखालाई २०९ थान विपद् प्रतिक्रियात्मक सामग्री उपलब्ध गराएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजित कार्यक्रममा एज्राएडको सहयोगमा स्थानीय बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल नामक गैर सरकारी संस्थाले उक्त सामग्री उपलब्ध गराएको हो । विपद्पछिको समस्या व्यवस्थापनमा खटिने उद्धारकर्मीको सुरक्षासँगै जोखिममा परेको व्यक्तिको […]

काठमाडाैं महानगरपालिकाले भन्याे- ‘दशैंमा घरकाे फाेहाेर बाहिर ननिकाल्नु’

काठमाडौं । काठमाडाैं महानगरपालिकाले दशैंका बेला घरबाट फाेहाेर बाहिर ननिकाल्न अाग्रह गरेकाे छ । महानगरले फुलपातीदेखि एकादशीका दिनसम्म कर्मचारीलाई बिदा दिने भएकोले यस अवधिमा घरबाट बाहिर फाेहाेर ननिकाल्न अाग्रह गरिएकाे महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कुमार कार्कीले अनलाइनखबरलार्इ जानकारी दिए । ‘भाेलि फुलपातीदेखि एकादशीसम्म घरबाट फाेहाेर ननिकाल्न महानगरवासीलार्इ अाग्रह हाे, कर्मचारी पनि बिदामा हुँदा फाेहाेर उठाउन नसकिने र […]

महाराजगञ्जमा बल्याे ट्राफिक लाइट

२६ असाेज, काठमाडौं । काठमाडाैं महानगरपालिकाले चक्रपथ खण्डमा पर्ने महाराजगञ्ज चोकमा नेपाली प्रविधिमा निर्माण गरिएका सडक संकेत बत्ती (ट्राफिक लाइट) सञ्चालनमा ल्याएको छ । २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गराएको प्रणालीको रिमोट, शुक्रबार एक औपचारिक कार्यक्रमका बीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गरे । त्यस लगत्तै मेयर शाक्यले शिक्षण […]

काठमाडौं महानगरपालिकाका कर्मचारीले फाइल खोज्न पनि घुस मागे !

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका एक जना कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेकूस्थित मिसिल शाखामा कार्यरत् कार्यालय सहयोगी उद्धवप्रसाद गिरी छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले गोप्य सूचनाका आधारमा ५ हजार रुपैयाँ घुस रकमसहित उनलार्इ पक्राउ गरेको हो । आयोगका सह–सचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले सेवाग्राहीको […]

काठमाडौं महानगर र अमेरिकाको फ्रेडरिक्सवर्गबीच भगिनी सम्बन्ध स्थापित 

अमेरिका/  काठमाडौं महानगरपालिकाका र अमेरिकाको भर्जिनिया राज्यको फ्रेडरिक्सवर्ग नगर बीच भगिनी सम्बन्ध स्थापना भएको छ ।  २०१७ को अक्टोबरमा काठमाडौँमा भगिनी सम्बन्धको घोषणा भएको थियो । उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा एक बिशेष समारोहका बीच  बाचन गरेपछि सम्बन्धले अाैपचारिकता पाएको हो । समारोहमा काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्य र उनको टोली र फ्रेडरिक्सबर्ग नगरका […]