Comments Add Comment

कोरोना संक्रमण

List Grid
कानेपोखरीका संक्रमित : मलेसियाबाट आएका, क्वारेन्टिन नगई मध्यरातमा घर पुगेका

१८ असार, विराटनगर । बुधबार मोरङको कानेपोखरीमा कोरोना संक्रमण पुष्टि भएका युवक मलेसियाबाट नेपाल फर्किएको पाइएको छ । उनी ७ असारमा मलेसियाबाट सरकारले उद्धार गरी ल्याइएका व्यक्ति हुन् । कानेपोखरी गाउँपालिका–५ का ती युवक ७ असार राति १ बजे कानेपोखरी आइपुगेका थिए । तर उनी क्वारेन्टिनमा नगई सिधै घर गएका थिए । मलेसियाबाट उनीसँगै अन्य […]

अष्ट्रेलियामा कोरोना संक्रमण बढेसँगै मेलबर्नका ३६ क्षेत्रमा लकडाउन

१७ असार, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेसँगै मेलबर्नका तीन लाखभन्दा धेरै मानिसको बसोबास रहेको उपनगरहरुमा लकडाउनको घोषणा गरिएको छ । बुधबार मध्यरातदेखि लागु हुने गरी उक्त क्षेत्रमा पुनः लकडाउनको निर्णय गरिएको हो । यो लकडाउन चार सातासम्म जारी रहनेछ । बुधबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र […]

भारतमा एकैदिन कोरोनाबाट ५०७ को मृत्यु

१७ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट ५०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ । भारतमा कोरोना भाइरसको कारण एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट […]

अछाममा क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

१६ असार कैलाली । १४ जेठमा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो । वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन राखेर उनलाई घर पठाइएको थियो […]

भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित, ४१८ को मृत्यु

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) का १८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार ५२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ८४० पुगेको छ । त्यस्तै पछिल्लो […]

आत्महत्या गरेका दैलेखका युवकमा कोरोना संक्रमण पुष्टि

११ असार, सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका दुल्लु नगरपालिका-१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार नै युवकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । अस्पतालले पीसीआर जाँच नगरी पोष्टमार्टम […]

के सोच्दैछन् बालबालिका ?

लकडाउन नहुँदो हो त बालबच्चाले अभिभावकसँग यति लामो अवधि खेल्न, रमाउन पाउने थिएनन् । आमाबुबा आ-आफ्नै काममा व्यस्त, छोराछोरी विद्यालय र पढाइ-लेखाइमा व्यस्त । दुवैले आपसमा भलाकुसारी गर्ने, खेल्ने, रमाउने पर्याप्त अनुकूलता पाएका थिएनन् । जसै लकडाउन भयो अभिभावक र बालबच्चाले एकअर्काको सामिप्यमा रमाउने मौका पाए । तर यस अवधिमा अभिभावकले बालबच्चासँग कति समयभन्दा पनि […]

गोरखाका ११ संक्रमित भारतबाट आएका

९ असार, गोरखा । गोरखामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार भीमसेन थापा गाउँपालिकाका ५, शहिद लखन र गण्डकी गाउँपालिकाका ३/३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित हुनेमा दुई महिला र ९ जना रहेका छन् । महिलाहरु भीमसेन थापा गाउँपालिकाका हुन् । सोमबार कोरोना पुष्टि भएका गण्डकी गाउँपालिकाका […]

बडीकेदारमा कोरोना संक्रमणले मृत्यु भए परिवारलाई ५० हजार राहत

८ असार, डोटी । डोटीको बडीकेदार गाउँपालिकाले कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार गाउँपालिकाका कुनै पनि वासिन्दाको रोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भए परिवारले ५० हजार पाउने छन् । बैठकले गाउँपालिकाभित्रका संक्रमितहरुलाई जनही १५०० रुपैयाँ दिने निर्णय पनि गरेको अध्यक्ष […]

प्रदेश १ मा १५ जना कोरोना संक्रमित थपिए, ४ जना एकै परिवारका

८ असार, विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मोरङका १२ जना र झापा तीनजना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । मोरङको रंगेली नगरपालिकाका ८ जना र सुन्दरहरैचा नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो […]

दैनिक पीसीआर टेस्ट ७४०० नाघ्यो, थप ३३१ जनामा संक्रमण पुष्टि

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये १७६ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् । […]

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य

६ असार, नेपालगञ्ज । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको  सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए । उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको […]

कर्णालीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

६ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ […]

गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

६ असार, गुल्मी । गुल्मीमा १४ जनामा कोरोना भाइरस (कोभिड-१) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । नगरपालिकाको वडा नम्बर- ६ का २१ वर्षकी महिला, वडा नम्बर-७ का ३९ वर्षका पुरुष, वडा नम्बर-८ का […]

होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना पोजिटिभ

६ असार, गुल्मी । गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ आएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर-५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति […]

कर्णालीमा थपिए ९ जना कोरोना संक्रमित

५ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका ६ जना, दैलेखका २ र जाजरकोटका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य […]

मकवानपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि

५ असार हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिकास्थित हाँडीखोलाको लामिटार क्वारेन्टिनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएकाहरूको चार दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । मनहरि गाउँपालिका-१, का दुई, ४ का दुई र ७ का एक पुरुषमा पोजेटिभ देखिएको छ भने मनहरी-४ कि एक महिलामा पनि कोरोना संक्रमण पुष्टि […]

सांसद विकास कोषको खर्च नभएको रकम कोभिड कोषमा जम्मा गर्ने बाटो खुल्यो

५ असार, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ । २ असार मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेसँगै सो रकम कोरोना कोषमा लैजान बाटो खुलेको हो । यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/०७७ मा छुट्याएको रकम […]

गण्डकीका ३ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण, आजमात्र ५६ जना थपिए

५ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । तनहुँको घिरिङ नगरपालिकामा […]

‘नेपालमा संक्रमण सामुदायिक चरणमा प्रवेश गरिसकेको छैन’

 अनलाइनखबरले केही दिनयता कोरोना नियन्त्रणमा सरकारले चालेका प्रयासहरुको समीक्षा विभिन्न विज्ञहरुमार्फत गर्दै आएको छ । हामीले अहिलेसम्म विज्ञ डाक्टरहरु शरद वन्त, डा. समीरमणि दीक्षित, डा. सेनेन्द्र उप्रेती लगायतलाई प्रस्तुत गरिसकेका छौं । र, यहाँ बरिष्ठ जनस्वास्थ्यविद डा. महेश मास्केलाई प्रस्तुत गरेका छौं । डा. महेश मास्के भन्नासाथ धेरै मानिसले कूटनीतिज्ञ अर्थात, चीनका लागि पूर्वनेपाली राजदूतलाई सम्झने गर्छन् । तर, पूर्वराजदूत अर्थात कूटनीतिज्ञ […]

गुल्मीमा थपिए ४६ कोरोना संक्रमित, ५४८ जनाको रिपोर्ट आउन बाँकी

४ असार, गुल्मी । गुल्मीमा बिहीबार मात्रै ८ महिनाको बच्चासहित थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणबाट चन्द्रकोट गाउँपालिकामा १७ जना, छत्रकोट गाउँपालिकामा २४ जना, रेसुङ्गा नगरपालिकामा एकजना र सत्यवती गाउँपालिकामा एकजना, गुल्मी दरवार गाउँपालिकामा र्दुजना, रुरुक्षेत्र गाउँपालिकामा एकजना गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । […]