+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरोना जोखिम बढेसँगै खोप अभियान सुरू

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १७:२९

१६ असोज, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ ।

परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् ।

बेलायत, अमेरिका लगायतका युरोपेलि मुलकमा ओमिक्रोनको सबभेरियन्ट एक्सइसीले संक्रमण, भर्ना र मृत्युदर बढाइरहेको छ ।

नेपालमा पनि जोखिम कायम नै छ । त्यसैलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहमा मागअनुसार खोप उपलब्ध गराउँदै अभियान सञ्चालन गरेको हो ।

धनगढी उप महानगरपालिकाले आजदेखि खोप अभियान सुरू गरेको छ । जसमा १२ बर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई खोप दिनेछ ।

‘प्रत्येक वडामा तोकिएको खोप केन्द्रमा आजदेखि कोरोना विरुद्धको फाइजर खोप दिइदै छ’, उपमहानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ, ‘हालसम्म कोरोनाको खोप नलाएको वा पहिला खोप लगाएको कम्तीमा पनि एक वर्ष पुगेका सम्पूर्ण व्यक्तिलाई खोप दिइने छ ।’

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले विभिन्न स्थानीय तहले खोप अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

‘नेपालमा पनि धेरै जनाले कोरोनाको लक्षण भएपनि परीक्षण गराउनु भएको छैन । बाहिरी मुलकमा पनि संक्रमण बढिरहेको छ’, डा. लालले अनलाइनखबरसँग भने, ‘स्थानीय तहसँगको छलफल गरेर खोप अभियान सञ्चालन गरिएको हो ।’

डा. लालको अनुसार स्थानीय तहले आवश्यकताको आधारमा खोप केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रसँग माग गरिरहेका छन् ।

तर अहिले कति स्थानीय तहले खोप सञ्चालन गरिहेको छन् भन्ने महाशाखासँग यकिन तथ्यांक छैन । अधिकांश स्थानीय तहले आफ्नो तालिका बनाएर खोप अभियान सञ्चालन गरिहेको महाशाखाले जनाएको छ ।

‘सबै स्थानीय तहलाई कति खोपको आवश्यकता अनुसारको विवरण टिपाउनको लागि अनुरोध गरेका छौं’, लालले भने, ‘त्यसैको आधारमा केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्र समवन्य गरेर खोप उपलब्ध गराइरहेका छौं ।’

राष्ट्रिय खोप सल्लाहकार समितिको पछिल्लो सिफारिस अनुसार नै फाइजर खोप सञ्चालन गरिएको डा. लालले बताए ।

‘फाइजर खोपले अहिलेसम्मको भेरियन्टको लागि प्रभावकारी मानिएको छ । अहिले नयाँ खोप विकसित भएको अवस्था छैन’, डा. लाल भन्छन्, ‘खोप पनि उपलब्ध भएको र बाहिर देशमा पनि संक्रमण बढेको हुनाले खोप सल्लाकार समितिले सिफारिसमा खोप अभियान सञ्चालन गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?