Comments Add Comment

क्रिकेट

List Grid
सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्स र रुपनी राइडर्स फाइनलमा

१३ चैत, सप्तरी । विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै बजाज खडक […]

बलियो नेपाल कप क्रिकेट हुने

११ चैत, काठमाडौं । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिकाे आयाेजनामा बलियो नेपाल कप यू-१६ अन्तरजिल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । आयाेजकले बुधबार पत्रकार सम्मेलन गर्दै अप्रिल ३ देखि १० सम्म दाङकाे लमहीमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । बलियो नेपाल पोषण अभियानको सहयोगमा प्रतियाेगिता सञ्चालन हुनेछ। प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला टिमले प्रतिस्पर्धा गर्ने छन् […]

क्‍यानले हाइ परफरमेन्स क्रिकेट क्याम्प गर्ने, वाटमोरले प्रशिक्षण दिने

९ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सात प्रदेशमा ‘हाइ परफरमेन्स क्रिकेट क्लिनिक’ कार्यक्रमको आयोजना गर्ने भएको छ । क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा सातै प्रदेशमा ‘हाइ परफरमेन्स क्रिकेट क्लिनिक’ को आयोजना गर्ने जनाएको छ । क्यानले मार्च र अप्रिल भित्र सातै प्रदेशमा यश कार्यक्रम संचालन गर्ने जनाएको छ । चार […]

मेयर्स कपको फाइनलका लागि पुलिस र एपीएफ तयार

२८ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट २०७७ को फाइनलमा शनिबार त्रिवि क्रिकेट मैदानमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुदैछ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा पुलिस र एपीएफसहित पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई स्थानमा रहेका पुलिस […]

नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी–२० : पुल्चोकलाई सान्त्वना जित

२७ फागुन, काठमाडौं। पुल्चोक इन्जिनियरिङ क्लबले राजधानीमा जारी नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ । उसले खेल जिते पनि सेमिफाइनलमा पुग्न सकेन । धुम्बाराहीस्थित पाकिस्तान दूतवासको मैदानमा भएको खेलमा पुल्चोकले आरएस विद्यापीठलाई २८ रनले पराजित गरेको हो । २ सय ४६ रनको लक्ष्य पछ्याएको आरएस विद्यापीठले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा […]

वेष्टर्न क्रिकेट क्लब रुपन्देही सुपर लिगको फाइनलमा

२७ फागुन, बुटवल । वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ५ रनले पराजित गर्दै वेष्टर्न क्रिकेट क्लब बुटवल फाइनलमा पुगेको हो । अब वेष्टर्नले उपाधिका लागि शनिबार न्यू होराइजन क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको […]

काठमाडौं मेयर्स कपमा पुलिसको दोस्रो जित

२५ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा नेपाल पुलिस क्लबले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको पुलिसलाई रोक्न आर्मीका शाहब आलम एक्लैले ७ विकेट […]

आर्मी ८७ रनमै अलआउट, सागरको ५ विकेट

२५ फागुन काठमाडौं । नेपाल पुलिस क्लबका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि काठमाडौं मेयर्स कप २०७७  क्रिकेटमा त्रिभुवन आर्मी क्लब पुलिसविरुद्ध ८७ रनमै अलआउट भएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएको हो । आर्मीका लागि नवौं नम्बरमा ब्याटिङ गरेका लोकेश बमले सर्वाधिक ३२ […]

काठमाडौं मेयर्स कपमा आर्मीको पहिलो जित

२४ फागुन, काठमाडौं । शाहब आलम र जितेन्द्र मुखियाको उत्कृष्ट बलिङ अनि सोमपाल कामीको उत्कृष्ट ब्याटिङको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर्स कप २०७७ मा पहिलो जित हात पारेको छ । सोमपाल कामीले ८० रन जोडेपछि काठमाडौं मेयर ११ ले दिएको १५६ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । आर्मी […]

मूलपानी मैदानमा सन्दीपको ‘चार्जिङ मुड’, घरेलु क्रिकेटमा शानदार पुनरागमन

२३ फागुन काठमाडौं । सन्दीप लामिछानेले घरेलु क्रिकेटमा पुनरागमन गर्दा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जित दिलाए । उनी आफ्नो स्वभाविक लेग स्पीनभन्दा ब्याटिङमा चम्किए । लामो समयपछि घरेलु क्रिकेट खेलेका सन्दीपले शानदार पुनरागमन गरे । काठमाडौं मेयर्स कप २०७७ मा आयोजक मेयर्स ११ टिमकै कप्तानी गरेका सन्दीपले मूलपानी मैदानमा बागमती प्रदेशविरुद्ध अलराउण्ड प्रदर्शन गरे । […]

पुलिसमाथि एपीएफको रोमाञ्चक जित, दीपेन्द्रको शतक खेर

२३ फागुन काठमाडौं । विभागीय प्रतिद्वन्दी नेपाल पुलिसलाई १ विकेटले पराजित गर्दै  एपीएफले काठमाडौं मेयर्स कप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले पुलिसमाथि रोमाञ्चक जित हात पार्दा दीपेन्द्र सिंह ऐरीको शतक भने काम लागेन । दीपेन्द्रले १४० रन बनाएका थिए । सुवास खकुरेल र सन्दीप जोराको […]

दीपेन्द्रको शतकमा पुलिसले एपीएफलाई दियो २५९ रनको लक्ष्य

२३ फागुन, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेपछि नेपाल पुलिस क्लबले मेयर्स कप क्रिकेटमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई २५९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५८ रन बनाएको हो । दीपेन्द्र एक्लैले १४० रन बनाएका छन् । दीपेन्द्रले ४८ औं […]

चौथो टेष्टमा भारत इनिङ्स र २५ रनले विजयी, वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा

२२ फागुन काठमाडौं । इङ्ल्याण्ड विरुद्धको चौथो टेष्टमा भारत एक इनिङ्स र २५ रनले विजयी भएको छ । इनिङ्स अन्तरको जितपछि भारतले चार खेलको सिरिज ३–१ ले जित्दै वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा समेत स्थान बनाएको छ । अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ । नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टेष्टमा भारतले तेस्रो दिनमै […]

बागमतीसँग पुलिसले लियो बदला, २ रनको रोमाञ्चक जित

२२ फागुन काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेटमा बागमती प्रदेशलाई २ रनले पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेटमा व्यहोरेको हारको बदला लिएको छ । मूलपानी क्रिकेट मैदानमा भएको लो स्कोरिङ खेलमा बलरहरु हाबी बन्दा बागमतीले ७३ रनको लक्ष्यसमेत भेट्न सकेन । वेट आउटफिल्डका कारण ३८ ओभरमा छोट्याइएको खेलमा स्पिनर अरियो पौडेल […]

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

२१ फागुन, काठमाडौं । नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-२० क्रिकेटमा हाम्रो किचेन क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावासलाई ७८ रनले हराउँदै हाम्रो किचेनले सुखद सुरुवात गरेको हो । पहिले ब्याटिङले गरेको हाम्रो किचेनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो […]

काठमाडौं मेयर ११ को कप्तानी सन्दीपले गर्ने

२१ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा काठमाडौं मेयर ११ टिमको नेतृत्व सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तानमा रहेका उनी नेपाल फर्किएपछि पीसीआर टेष्ट हुनेछ । र, नेगेटिभ रिपोर्ट आए उनले खेल्ने क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । शनिबार सुरु हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, […]

रुपन्देही सुपर लिग क्रिकेट : न्यू होराइजन विजयी

फागुन १९, भैरहवा । न्यू होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । बुधबार भएको डिभिजन ‘ए’ को खेलमा तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै न्यू होराइजनले जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे तिरुपतिले निर्धारित ४४ ओभरको खेलमा २८.३ ओभरमा सबै […]

जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार छु : गेल

१९ फागुन, काठमाडौं । विश्व टी-२० क्रिकेटका स्टार क्रिस गेलले आफू जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको बताएका छन् । श्रीलंकासँगको टी-२० सिरिजअघिको प्रेस कन्फ्रेन्समा गेलले जुनसुकै पोजिसनमा ब्याटिङ गरेपनि आफू खुसी हुने बताए । ४१ वर्षीय गेलले कप्तान काएरन पोलार्ड र कोच फिल सिमोन्सले जुन पोजिसनमा भन्छ त्यही पोजिसनमा आफू ब्याटिङ गर्न तयार भएको […]

ब्ल्याक बक खुला क्लब क्रिकेट प्रतियोगिता चैतमा आयोजना हुने

१८ फागुन, काठमाडौं । प्लाइ तानसेन तथा एनजीजीसी को आयोजनामा आगामी चैत ११ गते देखि कीर्तिपुरमा ‘ब्ल्याक बक खुला क्लब क्रिकेट टि-२० प्रतियोगिता’ आयोजना हुने भएको छ । आयोजकले मंगलबार प्रत्रकार सम्मेलन गर्दै प्रतियोगिताको घोषणा गरेको हो । नकआउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा देशभरका विभिन्न शहरका करिब २० वटा टोलीले सहभागिता जनाउने प्रतियोगिता संयोजक सुमन […]

रुपन्देही सुपरलिगमा जीआर क्रिकेट क्लबकाे जित

१८ फागुन, बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जीआर क्रिकेट क्लबले जित निकालेको छ । मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआरले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङमा आएकोे देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभरमा सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो । उसका लागि विक्की […]

मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

१८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा फागुन २२ गते सुरु हुने काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार पहिलो दिन त्रिभुवन आर्मी क्लब र एपीएफबीच तथा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । आर्मी र एपीएफबीचको खेल टीयू […]