२६ फागुन, काठमाडौं । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङविरुद्ध २१३ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा नेपालले आरिफ सेखमा ३८ रनमा गुमाएको हो । उनले २१ बलमा २ छक्का र ४ चौका प्रहार गरे ।
यसअघि तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भएका थिए । उनले २३ बलमा १ छक्का र २ चौकाको मद्दतमा ३० रन बनाएका हुन् ।
नेपालका विनोद भण्डारी २२ बलमा ४२ रन बनाएर आउट भएका थिए भने ओपनर कुशल भुर्तेल २ रनमै आउट भएका थिए ।
 
                    










 २०८० फागुन  २६ गते १४:१०
                        २०८० फागुन  २६ गते १४:१०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4