Comments Add Comment

क्रिकेट

List Grid
महिला टी-२० विश्वकपको छनोट खेल एक महिना पछि सर्‍यो

२३ वैशाख, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट एक महिना पछि सरेको छ । यसअघि सेम्टेम्बर २० देखि २६ तारेखसम्म हुने तय भएको छनोट खेल नोभेम्बर २२ देखि २८ तारेखसम्म हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीको बढ्दो प्रभावका कारण आईसीसीले छनोटको मिति सारेको हो । छनोट […]

क्रिकेट टिमका मुख्य प्रशिक्षक वाटमोर श्रीलंका जाँदै

२१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार श्रीलंका जाँदैछन् । कोरोनाको दोस्रो लहरपछि अहिले नेपालको क्रिकेट गतिविधि स्थगित छ । तत्काल क्रिकेट गतिविधि नभएकोले वाटमोर श्रीलंका जान लागेका हुन् । अष्ट्रेलियाका प्रशिक्षक वाटमोरको परिवार श्रीलंकामै छन् । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाटमोर श्रीलंका जान लागेको अनलाइनखबरलाई […]

क्रिकेट र भलिबल रोकिए, फुटबल भने जारी

१९ वैशाख, काठमाडौं । राजधानी काठमाडौंलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमणले अतिप्रभावित केही जिल्लामा अहिले निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को बढ्दो संक्रमणका कारण अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि यसको असर देखिन थालेको छ । निषेधाज्ञा लागू भएपछि नेपाल क्रिकेट संघ (क्यान) र नेपाल भलिबल संघ (एनभीए)ले सूचना जारी गर्दै तत्कालका लागि सबैखाले गतिविधि […]

बटलरको शतकमा राजस्थानको शानदार जित

१९ वैशाख, काठमाडौं । जोस बटलरको शतक र फास्ट बलरको उत्कृष्ट प्रदर्शनमा राजस्थान रोउल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गरेको छ । हैदरावादले केन विलियम्सलाई नयाँ कप्तान बनाएपछि पहिलो खेलमा फराकिलो हार बेहोरेको हो । यसअघिका कप्तान डेभिड वार्नरलाई बेन्चमा राख्दै मैदान उत्रेको हैदरावादले हारको यात्रा भने तोड्न सकेन । […]

दृढ अठोटले बनेका स्टार

१६ वैशाख काठमाडौं । सन् २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा नेपाली टोली तीन चरणमा ढाका पुग्यो । नोभेम्बर १४ मा नेपालको पहिलो खेल भारत इमर्जिङ टिमसँग थियो । कुशल भुर्तेल लगायत सात जनाको टोली त्यसको अघिल्लो दिन मात्र बंगलादेश पुग्यो । पहिलो पटक भुर्तेल सिनियर टिममा परेका थिए । उनी खेल्ने कि नखेल्ने […]

आईपीएलमा मुम्बईले राजस्थानलाई ७ विकेटले हरायो

१६ वैशाख, काठमाडौं । क्वीन्टन डे ककको अविजित अर्धशतक मद्दतमा साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । बिहीबार भएको पहिलो खेलमा राजस्थानले दिएको १७२ रनको लक्ष्य मुम्बईले १८.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो ।  मुम्बईको लागि ओपनर डे ककले अविजित ७० रन बनाए । उनले […]

नेपाल टी-२० वरियताको १४ औं स्थानमा

१२ वैशाख, काठमाडौं । नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो । शनिबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालले वरियतामा पनि सुधार गरेको हो । आईसीसीले अपडेट गरेको […]

मलेसियामाथि नेपाल हावी भएको खेल (फोटो फिचर)

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम लिग खेलमा घरेलु टोली नेपालले मलेसियामाथि ६९ रनको शानदार जित हात पारेको छ । त्रिवि मैदानमा करण केसीले छक्का वर्षा गर्दा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमल सिंह ऐरीले ३ विकेट लिए । यस्तै आफ्नो १०० औं टी-२० खेलमा सन्दीप लामिछानेले पनि ३ विकेट लिए । मलेसियाको महत्वपूर्ण ३ […]

कीर्तिमान बनाउनबाट चुकेका करण, भन्छन् – अवसर फेरि आउँछ

९ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य करण केसी हिटरका रुपमा परिचित छन् । एक दिवसीय क्रिकेटमा क्यानाडालाई हराउँदा होस् या पेन्टागुलर सिरिजमा नेदरल्याण्ड्सलाई हराउँदा होस् उनले गरेको विष्फोटक ब्याटिङ नेपाली क्रिकेटप्रेमीले बिर्सिएका छैनन् । फास्ट बलर भएपनि करण तल्लो क्रममा ब्याटिङ गर्दै रन बनाउन सक्ने खेलाडी हुन् । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत बिहीबार […]

डेब्यु खेलमै कमलले लिए ३ विकेट

९ वैशाख, काठमाडौं । नेपालका कमल सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय डेब्यु खेलमै ३ विकेट लिएका छन् । उनले काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध डेब्यु गर्दै ३ विकेट लिएका हुन् । अविनाश बोहराको स्थानमा पहिलो रोजाईमा खेलेका कमलले ३.१ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिएका हुन् । […]

टी-२० क्रिकेटमा सन्दीपको १०० औं खेल पूरा

९ वैशाख काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० औं खेल पूरा गरेका छन् । २० वर्षीय सन्दीपले त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध बिहीबार खेलेको खेलबाट १०० औं खेल पूरा गरेका हुन् । उनी १०० वटा टी-२० खेल खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बनेका छन् । बिहीबार आफ्नो १०० औं खेलमा मलेसियाविरुद्ध ४ […]

नेपालले मलेसियालाई ६९ रनले हरायो

९ वैशाख, काठमाडौं । करण केसीको आक्रामक ब्याटिङ अनि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिबार […]

करणको आक्रामक ब्याटिङमा नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य

९ वैशाख, काठमाडौं । करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो । करणले […]

दीपेन्द्र ३३ रन बनाएर आउट

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मलेसिया विरुद्ध अहिले भइरहेको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरी ३३ रन बनाएर आउट भएका छन् । उनले १७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । उनी १६ औं ओभरको चौथो बलमा आउट […]

हैदरावादकाे पहिलाे जित, पञ्जाब पराजित

८ वैशाख, काठमाडौं  । पञ्जाव किंग्सलाई पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा पहिलो जित हात पारेकाे छ । बुधबार भएको खेलमा हैदराबादले पञ्जाबलाई ९ विकेटले पराजित गरेकाे हाे । पञ्जाबले दिएकाे १ सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८.४ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेकाे हाे । उसको जितमा जोनी […]

कुशलको लगातार तेस्रो अर्धशतकको कीर्तिमान

७ वैशाख काठमाडौं । नेपाली क्रिकेटर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतकको कीर्तिमान बनाएका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका हुन् । यद्यपि नेपाल ३ विकेटले पराजित भयो । उनले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ […]

१८ औं ओभर जुवा खेलेजस्तै भयो !

७ वैशाख, काठमाडौं । नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १६२ रन बनाइसकेको थियो । ६ विकेट हातमा रहेको उसलाई अन्तिम ३ ओभरमा ४५ रन आवश्यक थियो । नेपालका सोमपाल कामीको २ तथा करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेको समान १/१ ओभर बाँकी थियो । कप्तान ज्ञानेन्द्र मल्लले १८औं ओभरका लागि सन्दीपलाई बल […]

नेपालसँग नेदरल्याण्ड्सले लियो बदला

७ वैशाख काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससंग ३ विकेटले पराजित भएको छ । कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनि सन्दीप लामिछानेको ४ विकेटका बाबजुद पनि नेपालले २०६ रनको स्कोर जोगाउन सकेन । २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । यो जितपछि नेदरल्याण्डसले गत […]

त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य

७ वैशाख, काठमाडौं । ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको हो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो ठूलो स्कोर हो । यसअघि […]

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए पहिलो अर्धशतक

७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिजमा मंगलबार नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । उनले २८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । अर्को बलमा पनि छक्का प्रहार गरेका दीपेन्द्र त्यसपछि […]

नेपालले दोस्रो विकेट गुमायो, ज्ञानेन्द्र मल्ल आउट

७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिजमा सोमबार नेदरल्याण्डसविरुद्ध व्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट पनि गुमाएको छ । दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भएका हुन् । यसअघि ओपनर आशिफ सेख शून्य रनमा आउट भएका थिए । अर्का ओपनर कुशल भुर्तेल ३७ रन बनाएर क्रिजमा छन् । उनलाई साथ दिन उपकप्तान दीपेन्द्र […]