+
+
Shares

बाख्रा चराउन जाँदा गिर खेल्थ्यौं, यसकै विकास भएर क्रिकेट भएको छः राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले गिरको विकास भएर क्रिकेट भएको बताएका छन्।
  • उनले नेपाली खेलाडी उत्पादन र खेलप्रति क्रेज बढाउन आवश्यक रहेको बताए।
  • नेपालले सिंगापुरलाई पराजित गर्दै एसीसी पुरुष यु—१६ इस्ट जोन कप जितेको हो।

२३ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको रैथाने खेल ‘गिर’ (काठको भकुण्डो) को विकास भएर क्रिकेट खेल भएको बताएका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा एसीसी पुरुष यु-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले भने, ‘हामी सानो सानोमा खेतमा हिउँद लागेपछि बाख्रा चराउन जाँदा गिर खेल्थिम् । गिरको विकास भएर अहिले आएर क्रिकेट भएको छ । हामीले पनि त्यसरी नै खेल्थिम् । त्यसकै आज विकसित रूप क्रिकेट हो ।’

राष्ट्रपति पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् । उनले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको रहेको बताए ।

‘नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको छ,’ उनले भने ।

परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउनसके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने जिकिर गरे ।

देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

‘हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिन्छ भने अर्कोतिर हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्छन्,’ उनले भने, ‘यसका लागि देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक छ ।’

एसीसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट आइतबार साँझ स्वदेश फर्किएको हो । गत शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?