+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखराको दोस्रो हार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टियू क्रिकेट मैदानमा जारी दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सले पोखरालाई १८ रनले पराजित गरेर लगातार दोस्रो जित निकालेको छ।
  • पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनाएको छ भने कप्तान कुशल भुर्तेलले अर्धशतक बनाएका थिए।
  • सुदूरपश्चिमका हर्मीत सिंहले २ विकेट लिए भने अन्य खेलाडीले १-१ विकेट लिएर टोलीलाई जित दिलाएका छन्।

३ मंसिर, काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको पाँचौं दिनको खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो। सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउँदा पनि हार टार्न सकेन । जिमी नीशमले ४५ रन तथा डान डौथवेटले अन्त्यतिर विस्फोटक ३७ रन बनाएपनि पर्याप्त हुन सकेन ।

पोखराले पावरप्लेमा रनगति बढाउन नसक्दा पराजित हुन पुग्यो । २०-३ को अवस्थाबाट भुर्तेल र नीशमले ७० रनको साझेदारी गरेका थिए । सुदूरका लागि हर्मीत सिंहले २ विकेट लिँदा स्कट कुग्लेइन, दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, हेमन्त धामी नरेन साउद र अविनाश बोहराले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो ।

एक समय १५ ओभरमा १६०-२ को अवस्थामा‌ भएर २०० भन्दा माथि रन बनाउने संकेत गरेको सुदूरको फिनिसिङ राम्रो हुन सकेन । अन्तिम ५ ओरनमा ३३ रन जोड्दा ५ विकेट गुमाएको थियो ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।

पोखराका जिमी नीशमले ३ विकेट लिँदा डान डौथवेट र आकाश चन्दले २-२ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?