News Summary
Generated by OK AI. Editorially reviewed.- डा. मनिषराज पाण्डेले टी-२० क्रिकेटमा पावरप्ले निकै महत्वपूर्ण हुने र यसले खेलमा परिवर्तन ल्याउन सक्ने बताएका छन्।
- पाण्डेले एनपीएलले नेपालको जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
- एनपीएल अन्तर्गत आज कर्णाली याक्स र लुम्बिनी लायन्सबीच बिहान सवा ११ बजे, काठमान्डु गोर्खाज र विराटनगर किंग्सबीच दिउँसो साढे ३ बजे खेल हुँदैछ।
३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको पहिलो टोलीका सदस्य डा.मनिषराज पाण्डेले टी-२० क्रिकेटमा पावरप्ले निकै महत्वपूर्ण हुने बताएका छन् । उनले टी-२० फर्म्याटमा पावरप्लेको स्कोरले समग्र खेलमै परिवर्तन ल्याउन सक्ने बताएका हुन् ।
अनलाइनखबरको सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै पाण्डेले भने, ‘टी२० फर्म्याटमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको पावरप्ले हो, समग्रमा पावरप्लेमा कस्तो रह्यो हेर्नुपर्छ ।’
यस्तै पाण्डेले फिनिसिङ रोल पनि महत्वपूर्ण हुने बताए ‘अनि गेम चेन्जर र फिनिसिङ इनिङ्सको पनि हेर्नुपर्छ ।’ यसअघि भएका खेलहरुबाट पनि यो कुरा हेर्न सकिने उनले बताए ।
पाण्डेले हरेक खेलमा टस भाइटल हुने र त्यसको दुई पाटो हुने बताए । उनका अनुसार पहिले ब्याटिङ गर्ने टिमले २०० रन बनाउने लक्ष्यसहित ब्याटिङमा उत्रिए विपक्षी टिमलाई मनोवैज्ञानिक दबाब पुग्छ ।
नेपाली क्रिकेटको विकासमा एनपीएल मार्फत भर्खर प्रोफेसनालिजमको सुरुवात भएको र यस्ता खालको प्रतियोगिताहरू हुनुपर्ने पाण्डेको भनाइ छ। जारी प्रतियोगिताको सुरुआती खेल भइरहेकाले टिमहरुले आफ्नो कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ ।
हाल राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशकसमेत रहेका पाण्डेले जारी एनपीएलले नेपालको जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न पनि महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नेपालजस्तो भौगोलिक बनावट र हिमाली क्षेत्र भएको ठाउँमा जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पुर्याइरहेको पनि बताए ।
‘जलवायु परिवर्तनको जोखिमयुक्त राष्ट्रमा हामी छौं। हामीले हाम्रा हिमाली क्षेत्रका समयमालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याइरहेका पनि छौं’, उनले भने, ‘यस्तोबेला एनपीएलको ट्रफीमा प्रयोग भएको कालापत्थरको ढुंगाले वास्तवमा हामीजस्तो जोखिमयुक्त राष्ट्रको मुद्दालाई सिंगो सन्देश बाहकको रुपमा भूमिका खेलेको छ ।
एनपीएल अन्तर्गत आज ‘सुपर स्याटरडे’मा दुई खेल हुँदैछ । पहिलो खेल बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो साढे ३ बजे काठमान्डु गोर्खाज र विराटनगर किंग्सबीच हुनेछ ।
एनपीएल दोस्रो संस्करणको सम्पूर्ण खेलको प्रत्येक बल बाई बलको अपडेट अनलाइनखबरले गरिरहेको छ । त्यसका लागि अनलाइनखबरको होमपेजमा गएपछि खेलकुद टाइटलमा क्लिक गर्नुपर्नेछ। त्यहाँ तपाईंले बल बाई बल अपडेट पाउनुहुनेछ। त्यसअलावा भिडियोलगायतका अन्य सामग्रीहरू पनि हेर्न र पढ्न पाउनुहुनेछ।
प्रतिक्रिया 4