+

बीपी स्मृति क्रिकेटको उद्घाटन खेलमा भारतीय टिम विजयी

२०८१ कात्तिक  ३ गते १५:४३ २०८१ कात्तिक ३ गते १५:४३
बीपी स्मृति क्रिकेटको उद्घाटन खेलमा भारतीय टिम विजयी

३ कात्तिक, बुटवल । भैरहवामा सुरु बिपी कोइराला स्मृति कप टी–२० क्रिकेटको पहिलो खेलमा भारतको लाइफ केयर क्लबले पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्टस् एकेडेमीलाई ९ विकेटले हराएको छ ।

नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगितामा जावेदले दिएको ८९ रनको लक्ष्य लाइफ केयरले ७ दशमलब ५ ओभरमा १ विकेट गुमार भेट्टायो ।

टस हारेर ब्याटिङ गरेको जावेदले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । उसका लागि रिसव जोशीले ४६ र अलि हुसेनले २५ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ लाइफ केयरका रोहित डाङ्गवलले ४ ओभरमा १९ रन खर्चिदै ४ विकेट लिए, योगेश कुमार र सक्षमले समान ३/३ विकेट लिए ।

लाइफ केयरका लागि आईपीएल खेलिसकेका भारतीय खेलाडी दीपक पुनियाले ६४ रन बनाए । उनले २५ बलमा ६ छक्का र ६ वटा नै चौका प्रहार गरे । यस्तै दिपांशु फोरेले अविजित २१ रन र राजेश शर्माले अविजित २ रन बनाए ।

जावेदका लागि एक मात्र विकेट इमरान नाजिरले लिए ।

कात्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपालसहित ५ देशका खेलाडी सहभागी क्लबहरु रहेका नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपबिजेताले ३ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीलो ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताको नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गरे ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय