+
+

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, एनपीएल आयोजना गर्न बाटो खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १४:५७

२५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।

जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।

आमीरले नेपाल प्रिमियर लिगको अधिकार क्यानले आफूलाई दिएको जिकिर गरेका थिए । हाल नेपाल प्रिमियर लिग आफ्नो नाममा रहेकामा क्यानले प्रयोग गरेको भन्दै उनले उक्त नाममा प्रतियोगिता सञ्चालन नगराउन माग गर्दै रिट दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?