+

‘पब्लिक क्याम्पस एड्मिनिस्ट्रेसन कप’ उपाधि आयोजक क्याम्पसलाई

२०८१ जेठ  २३ गते १९:२२ २०८१ जेठ २३ गते १९:२२
‘पब्लिक क्याम्पस एड्मिनिस्ट्रेसन कप’ उपाधि आयोजक क्याम्पसलाई

२३ जेठ, काठमाडौं ।  ‘पब्लिक क्याम्पस एड्मिनिस्ट्रेसन कप’ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक जनप्रशासन क्याम्पसले जितेको छ ।  फाइनलमा त्रिचन्द्र क्याम्पसलाई पराजित गर्दै जनप्रशासनले उपाधि जितेको हो ।

क्याम्पसले उपाधिसँगै ५० हजार नगद जितेको छ भने त्रिचन्द्र क्याम्पसले २५ हजार नगद हात पारेको छ ।

जनप्रशासन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता १५ जेठदेखि २२ गतेसम्म सञ्चालन भएको थियो । यसमा उपत्यकाका १४ वटा क्याम्पसले सहभागिता जनाएका थिए ।

स्ववियु अध्यक्ष अग्रबहादुर शाहीले क्याम्पस तथा विद्यार्थीहरुबीच सामिप्यता, सहकार्य बढाउन सहयोग पुग्ने भएकाले प्रतियोगिताको आयोजना गरेको बताए ।

ल्याबोरेटरी स्कुलको खेल मैदान किर्तिपुरमा भएको प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ सत्यम यादव भएका छन् ।

क्रिकेट खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय