१५ मंसिर, काठमाडौं । आगामी पुस ६ गतेसम्म चल्ने नेपाल प्रिमियर लिग (एनपीएल) को आजबाट औपचारिक सुरुआत भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेल हेर्न दर्शकहरूको उत्साहजनक सहभागिता थियो ।
क्रिकेटको महाकुम्भका रूपमा लिइने एनपीएलमा विभिन्न आठ समूह प्रतिस्पर्धामा छन् ।
विदेशी खेलाडी समेतको सहभागितामा हुन लागेको लिग हेर्न दर्शकहरूको ओइरो लागेको थियो ।
ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गर्यो । विराटनगर किङ्ग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो ।
हेर्नुस् तस्वीरहरू:
तस्वीरहरू : आर्यन धिमाल/विकास श्रेष्ठ/चन्द्रबहादुर आले
प्रतिक्रिया 4