२३ कात्तिक, काठमाडौं। अफगानिस्तानका सफल अलराउन्डर मोहम्मद नाबीले एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् ।
आगामी फेब्रुअरीमा हुने च्याम्पियन्स ट्रफी क्रिकेटपछि उनले सन्यास लिने निर्णय लिएको नाबीलाई उद्धृत गदै अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख नसीब खानले बताएका हुन् ।
३९ वषीय नाबीले अफगानिस्तान क्रिकेटको सफलतामा सबैभन्दा महत्वपूर्ण योगदान दिएका छन् । सन् २००९ मा अफगानिस्तानका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरेका नाबीले १६५ खेलमा ३५०० भन्दा धेरै रन बनाएका छन् भने १७१ विकेट पनि लिएका छन् ।
विशेषगरी अफगानिस्तानको एकदिवसीय मान्यता देखि पहिलो विश्वकप सहभागिता अनि त्यसयता देखि लगातार रुपमा विश्वकपमा स्थान बनाउने यात्रामा उनले कप्तानीको भूमिकामा रहेर टोलीलाई सफल बनाएका छन् । उनी अफगानितानको हरेक विश्वकप सहभागितमा टोलीमा समावेश रहँदै आएका छन् भने कप्तानीको भूमिकामा उपाधिहरु पनि दिलाएका छन् ।
उनी अफगानिस्तानका लागि १०० एकदिवसीय खेल्ने हालसम्म एकमात्र खेलाडी हुन् भने एकदिवसीय क्रिकेटमा १०० विकेट लिने पहिलो अफगानी बलर समेत हुन् ।
प्रतिक्रिया 4