+

यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्वकप क्रिकेटमा छनोट

२०८१ कात्तिक  २८ गते १७:५५ २०८१ कात्तिक २८ गते १७:५५
यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्वकप क्रिकेटमा छनोट

२८ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको छ ।

बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले आउँदो जनवरीमा मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकप खेल्ने सुनिश्चित गरेको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय