- Home
- गाउँपालिका
गाउँपालिका
२९ वैशाख, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा यात्रु बोक्ने चालकसहित दुईजना कारबाहीमा परेका छन् । एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका- २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं.३ बस्ने २७ वर्षीय अनिल पटेल कारबाहीमा परेका हुन् । करोना संक्रमण नियन्त्रण र रोकथामका लागि देशभर लकडाउन चलिरहेको समयमा एम्बुलेन्समा यात्रु बोकी ओसारपसार […]
१७ वैशाख, सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुर्व्यवहार गरेको आरोपसहित उजुरी दिएकी छन् । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गरेकी हुन् । स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुर्व्यवहार सहन […]
२२ चैत, वीरगञ्ज । हेटौंडाबाट राहत सामग्री लिएर पर्सा आएका एक गैरसरकारी संस्था भोरका अध्यक्ष राजकुमार महतोसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सखुवाप्रसौनी गाउँपालिका-१ धाँगड (उराव) बस्तीमा राहत लिएर आएका महतोसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । महतोसहित हेटौंडाका रमेश सापकोटा, जागृत पौडेल, जीतपुरका कामेश्वर चौरसिया र सिमराका प्रकाश पौडेललाई प्रहरीले नियन्त्रणमा […]
२६ माघ, दार्चुला । बैतडीको डिनासैनी गाउँपालिकाको एम्बुलेन्सबाट चित्तल तस्करी हुने गरेको आशंका गरिएको छ । मृत अवस्थामा चित्तलसहित एम्बुलेन्स चालक महेश बोहरा पक्राउ परेसँगै एम्बुलेन्सबाट चित्तल तस्करी गर्ने प्रयास भइरहेको हुनसक्ने शंका प्रहरीको छ । यद्यपि, यो पहिलो प्रयास हो या यसअघि पनि ओसारपसार हुने गरेको थियो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय, […]
२७ साउन, रामेछाप । गत शुक्रबार अपराध महाशाखाका प्रहरीले काठमाडौंस्थित स्वयम्भु, बिजेश्वरीबाट रामेछाप, तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली हानेर पक्राउ गर्यो । उनीसँगै सोही गाउँपालिकाका अमृत तामाङ पनि समातिए । लुटेराको अभियोगमा समातिएका दुबै युवा अहिले प्रहरी नियन्त्रणमा छन् । तर, यही गोलीकाण्डसँग जोडेर चर्किएको विवादका कारण रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच खैलाबैला […]
२७ साउन, रामेछाप । गत शुक्रबार अपराध महाशाखाका प्रहरीले काठमाडौंस्थित स्वयम्भु, बिजेश्वरीबाट रामेछाप, तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली हानेर पक्राउ गर्यो । उनीसँगै सोही गाउँपालिकाका अमृत तामाङ पनि समातिए । लुटेराको अभियोगमा समातिएका दुबै युवा अहिले प्रहरी नियन्त्रणमा छन् । तर, यही गोलीकाण्डसँग जोडेर चर्किएको विवादका कारण रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच खैलाबैला […]
२७ साउन, काठमाडौं । खुकुरीलाई नेपाली वीरताको निशानी मानिन्छ । तर, गौरवमय पहिचान बोकेको खुकुरी बनाउने परम्परागत सीप अचेल संकटमा पर्न थालेको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ का ६६ वर्षीय वीरबहादुर विकले खुकुरी निर्माणको परम्परागत सीपलाई अहिलेसम्म जोगाउँदै आएका छन् । उनले नेपाली सेनाका जवान, एवं पर्यटकहरुको मागलाई धानिरहेका छन् । वीरबहादुरले पाँच दशकभन्दा […]
२६ मंसिर, मोरङ । मोरङको बूढिगंगा गाउँपालिकाले लगाएको करबिरुद्ध मोरङ व्यापार संघले दायर गरेको रिट निवेदनमा उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश दिएको छ । मोरङको बूढीगंगा गाउँपालिकाले विभिन्न शीर्षकमा लगाएको कर गैरकानूनी भएकाले रोक्न माग गर्दै मोरङ व्यपार संघले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । मंगलबार रिट उपर उच्चल अदालतले कारण देखाऊ […]
२३ मंसिर,गुल्मी । कृषिमा अधुनिकता ल्याउन भन्दै गुल्मीको एक गाउँपालिकाले किसानहरुलाई मिनिटिलर (हाते ट्याक्टर) वितरण छ । सत्यवति गाउँपालिका कार्यपालिकाले आर्थिक वर्ष ०७५/७६ को कृषितर्फको वार्षिक वजेट कार्यक्रमबाट एक कार्यक्रमका बीच कृषकहरुलाई ६१ वटा हाते ट्याक्टर को वितरण हो । कृषक समूह एवम् व्यावसायिक कृषकहरु लक्षित गरी ५० प्रतिशत अनुदानमा ६१ वटा मिनिटिलर हाते ट्याक्टर […]
३० साउन, सप्तरी । गाउँ पालिकाको उपाध्यक्षको काम भनेको स्थानीयवासीका मुद्दा मामिला हेर्ने र झगडा मिलाउने हो । तर, यस्तो न्यायिक अधिकार हातमा लिएकी सप्तरीकी एकजना जनप्रतिनिधि आफूमाथि लिङ्गीय विभेद भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिकाकी उपाध्यक्ष मीना चौधरीसहित दुई महिला जनप्रतिनिधिहरु उच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् […]
२८ साउन, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु पाँच हजारदेखि २५ हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र सुदाप […]
स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भइसकेको यस अवधिमा यस पंक्तिकारले धेरैपटक स्थानीय तहका निर्वाचित नेतृत्व तहसंग अन्तरक्रिया गरेको छ । करिव ३० वटा स्थानीय तहमा पुगेर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यसँग करिब ३ घण्टाको प्याकेज पावर प्वाइन्टमा देखाएर छलफल गरेको छ । यस अनुभवका आधारमा स्थानीय तहबाट भएका केही लोकप्रिय कार्यक्रमको संकलन […]
१८ साउन, जाजरकोट । सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम नमस्ते मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौँ पुगेका छन् । सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकबाडामा टावर निर्माणमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह टेलिकमको केन्द्रीय कार्यालय पुगेका हुन् । केही वर्षयता सञ्चार अभावले सास्ती झेल्दै […]
१४ माघ, कालीकोट । जिल्लाको पलाँता गाउँपालिकाले युवाहरुलाई विदेशिनबाट रोक्न युवामैत्री नीति तथा कार्यक्रम ल्याएको छ । युवाहरु खाडीमुलुक जानु पर्ने समस्याबाट उन्मुक्ति दिन बिभिन्न् युवा लक्षित कार्यक्रम बनाएर गाउँपालिकाले युवाहरुलाई रोजगार दिन सुरु गरेको हो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै युवाहरु आफ्नो गाउँ आफै बनाउँ, युवाहरु बिकासमा र युवा स्वरोजगार जस्ता कार्यक्रम सञ्चालन भएका […]
१२ माघ, डडेल्धुरा । स्थानीय निकायको निर्वाचन सकिएको छ महिनाभन्दा बढी बितिसक्दा पनि डडेल्धुराका धेरै गाउँपालिका टहरामै रहेका छन् भने कतिपय सरकारी कार्यालयले कार्यालय नै स्थापना गर्न सकेका छैनन् । कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए तापनि डडेल्धुरामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबै गाउँपालिकालाई कार्यालय स्थापनाका लागि टहरा निर्माण गर्नु परिरहेको निर्वाचित पदाधिकारीको […]
५ माघ, सुर्खेत । प्रदेश ६ का सबै गाउँपालिकाहरुमा एकैसाथ विषयगत शाखाका लागि नमूना कानून बनाइने भएको छ । गाउँपालिकामा रहेका विभिन्न २२ वटै विषयगत शाखामा व्यवस्थित र गुणस्तरीय कार्यसञ्चालनका लागि कानून बनाइने भएको हो । त्यसका लागि गाउँपालिका महासंघ प्रदेश ६ ले आगामी माघ ९ देखि ११ गतेसम्म सम्मेलन आयोजना गरेको छ । कार्यक्रममा […]
१ कात्तिक, इलाम । सन्दकपुर गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयबासीले करिब रु ३४ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले सन्दकपुर गाउँपालिका–२ देउराली बजार आसपास १७ रोपनी जग्गा दान गरेका हुन् । दिनेश सुवेदी र कृष्ण सुवेदीले पाँच रोपनी, नेत्र सुवेदीले चार रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, […]
३१ साउन, काठमाडौं । निकै ठूलो उत्साह बोकेर गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरु दुई महिनामै निराशा व्यक्त गर्न थालेका छन् । कर्मचारी खटन-पटनमा चरम केन्द्रीयता, जनप्रतिनिधिको बरियतामा हेपाहा प्रवृत्ति र कर्मचारीबाट असहयोगका भएको भन्दै उनीहरु आक्रोशित बन्न थालेका हुन् । सिंहदरबारको अधिकार गाउँ गाउँमा गएको भनिए पनि वास्तविक सिंह चाहिँ दरबारमै बसेको जनप्रतिनिधिको गुनासो छ । […]
१८ जेठ, काठमाडौं । नवनियुक्त नगरप्रमुख एवं गाउँपालिका प्रमुखले गर्नुपर्ने कामबारेमा सरकारले नीतिगत निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्वन्धी आदेश ०७४ जारी गरेको छ । स्थानीय विकास मन्त्रालयले तयार गरेको उक्त आदेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो । स्थानीय तहको निर्वाचन भइसकेपछि निर्वाचित पदाधिकारीहरुवीच […]
२४ वैशाख, सल्यान । सल्यानको ढोरचौर गाउँपालिकामा स्थानीय तहको चुनावमा मुख्य तीन राजनीतिक दलहरुबीच रोचक प्रतिस्र्पा हुँदैछ । १३ हजार ५ सय ९३ जनसंख्या रहेको ढोरचौर गाउँपालिकाको अध्यक्षका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रबाट उम्मेदवारहरु बनेका तीनै जना चलाउने थरका छन् । थर मात्रै होइन कांग्रेस र माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका उम्मदेवारका नाम पनि […]
२ मंसिर, काठमाडौं । स्थानीय तहको संख्या र सीमाना निर्धारणलगत्तै स्थानीय तहमा कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्नेबारे स्थानीय विकास मन्त्रालयले कार्यविधि निर्माणको काम थालेको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थानीय तहमा व्यवस्थापन हुने कर्मचारीको तह र संरचना निर्धारण गरी मन्त्रिपरिषदमा प्रस्ताव गर्नेछ । यस्तै सामान्य प्रशासन मन्त्रालयले पनि छुट्टै कार्यदल […]