+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सामाजिक कथामा ‘गावैं रमाइलो’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते ८:०२

काठमाडौं । नयाँ हास्स शृंखला ‘गावैं रमाइलो’ले आफ्नो छैटौं भागको यात्रा तय गरेको छ।

कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला गत जेठ १५ गते ल्याएका थिए।

उनीहरूको यो नयाँ टेलिफिल्म देवकी मिडिया नामक युट्युब च्यानलबाट हरेक साताको बिहीबार बेलुका साढे ७ बजे प्रसारण भइरहेको छ।

यो सिरियलले सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कथावस्तु बोकेको छ । ‘छैटौं भागसम्म आउँदा दर्शकले अत्यधिक मन पराइदिनु भएको छ, हाम्रो मिहिनेत अझै जारी छ,’ निर्देशक नेत्र राउत भन्छन्, ‘हास्य-व्यंग्यलाई अझै परिस्कृत गरी रोचक विषयवस्तुमा आधारित भएर आगामी शृंखला ल्याउने तयारी छ।’

हास्य चलचित्रले विभिन्न कारण तथा सामाजिक समस्याका कारण गाउँबाट टाढिएका युवा-पिढी तथा अन्य त्यस्तै व्यक्तिहरूलाई गाउँ फर्किन प्रेरित गर्ने उद्देश्य राखेको छ।

छैटौं शृंखलामा आइपुग्दा कलाकार यासेली योङहाङ, पुष्पाञ्जली तिलिङ र सुवास घिसिङ थपिएका छन्। यासेली र तिलिङ किराँतहरूको मौलिक संस्कृति र सभ्यतामा देखिएका छन्। घिसिङ यासेलीका मित भएर भित्रिएका छन्।

भर्खरै जेलबाट छुटेको भूमिकामा देखिएका घिसिङ जब मितको घर आउँछन्, आफ्नै यौवनकाल जेलमा बिताएकाले बिहे गर्न नपाएको भन्दै युवतीको खोजीमा हुन्छन्।

अनुहारभरि पहेंलपुर सुनका गहना लगाएका सुनपहेंले घिसिङलाई मित यासेलीले नवीना सिलवाल ‘खुइली’लाई देखाउँछन्। त्यही क्रममा घिसिङले खुइलीका भाइ नेत्रविक्रम खड्का भेटिन्छन् र विदेश जाने तयारीमा रहेको मौकामा अमेरिका पठाइदिने भन्दै सुनै-सुनको लोभ देखाउँछन्। सो कार्यमा यासेलीले आफ्ना मितलाई साथ दिइरहेका हुन्छन्।

आफू अमेरिका जाने र दिदी सुनले लुटपुटिने लोभमा परेर एनबीले दिदीलाई जेलबाट छुटेका घिसिङसँग बिहेको प्रस्ताव लिएर जान्छन्। सो कुरा अस्वीकार मात्रै नगरेर खुइलीले भाइलाई किलो बोकेर लखेट्छिन्।

रोचक पारामा यो प्रस्तुति जारी रहँदा निर्माता तथा कलाकार जयकुमार थापा महिला कलाकार चन्दा बिडारीसँग ठोक्किन्छन्। घाँस काटिरहेकी बिडारीले भने त्यस घटनाको अनर्थ लगाएर समाज बटुल्न खोज्दाखोज्दै उक्त भाग सकिएको छ।

‘अर्को भाग त्यसपछिको घटनाक्रमसँग जोडिएर अझै गहकिलो र रोचक तरिकाले ल्याउँछौं,’ निर्माता तथा कलाकार थापा भन्छन्।

‘गाँवै रमाइलो’ शृंखलाले समाजबाट पछि परेका व्यक्तिहरूको प्रतिनिधिमूलक कथा बोकेको थापाले जानकारी दिए।

‘गाँवै रमाइलो’का निर्माता जयकुमार थापा र नदिश मानन्धर हुन् भने परिकल्पनाकार जयकुमार थापा हुन्। यसका लेखक तथा निर्देशक कलाकार नेत्र राउत हुन्।

यो टेलिचलचित्रमा नेपालमा चर्चित हास्य कलाकारहरूको बाहुल्य उपस्थिति रहेको छ। कलाकारको रूपमा निर्माता तथा परिकल्पनाकार थापा आफू पनि अभिनयमा देखिन्छन्।

यसैगरी, वरिष्ठ कलाकार देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मणविक्रम बस्नेत, सुरेश थापा, विनोद राई, नवीना सिलवाल, नेत्रविक्रम खड्का, सुभाना राई र कृशला तामाङको अभिनय देख्न सकिने छ।

शृंखलामा स्वर, शब्द तथा संगीत नवीन रावलको रहेको छ। यस्तै, मिक्सिङ किस्मत स्टुडिओले गरेको छ। पार्श्व ध्वनी सुविन सेन्चुरीले दिएका छन्।

यस्तै, आइटी सपोर्टरमा विशाल राई, निर्माण नियन्त्रकमा सुजन गिरी रहेका छन्। सम्पादन राजकुमार कार्कीले गरेका छन् भने छायांकन ज्ञानकुमार कट्टेलले गरेका छन्। थापाले यसअघि ‘लोडसेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’लगायत थुप्रै हास्य टेलिचलचलित्र ल्याएका थिए। ती हास्य टेलिचलचित्रहरू नेपाली समाजमा लोकप्रिय बनेका थिए।

यस्तै, जयकुमार थापा र सुजित थापाको नेतृत्वमा अर्को टेलिशृंखला ‘तारा’ बजारमा ल्याउने तयारी रहेको छ।

निर्माता थापा एभरेष्ट बैंकबाट अवकाशप्राप्त कर्मचारी हुन्। उनले बैंकमा कार्यरत् रहँदै ‘लोड्सेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’,जस्ता टेलिसिरिल बजारमा ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?