Comments Add Comment

चितवन

List Grid
चितवन मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

३ कात्तिक, चितवन । चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, […]

दसैँ बिदामा पनि चितवनमा कोरोना परीक्षण ल्याब खुल्ने

३ कात्तिक, चितवन । चितवनमा बडा दसैँको बेलामा कोरोना परीक्षणको कामलाई नरोक्ने गरी तयारी गरिएको छ । स्वास्थ्य कार्यालय चितवनमा आइतबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले दसैँको मुख्य तीन दिन अष्टमी, नवमी र दशमीमा आलोपालो ल्याबहरु खोलेर कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले दिएको जानकारी अनुसार अष्टमीको […]

चितवनको धानमा रोगैरोग, १५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान

३ कात्तिक, चितवन । चितवनका धानखेत झट्ट हेर्दा पहेँलो देखिन थालेको छ । टाढाबाट हेर्दा जो कोहीलाई पनि धान पाक्न लागेको जस्तो लाग्छ । तर, नजिकै पुगेर हेर्दा भने धान पाकेको नभई गबारो र कालोपोकेले सिध्याउन लागेको देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले चितवनमा कालो पोके र गबाराले कतैकतै शतप्रतिशतसम्म धान […]

भरतपुर महानगरले दियो रंगशाला निर्माणका लागि थप साढे एक करोड

२ कात्तिक, चितवन । भरतपुर महानगरपालिकाले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आइतबार थप १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ । यसअघि महानगरले ५० लाख रकम सहयोग गरेको थियो । रंगशाला निर्माणका लागि महानगरले ६ करोड ५० लाख रकम दिने घोषणा गरेको थियो । अहिलेसम्म दुई करोड रकम धुर्मस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिसकेको […]

चितवनमा कोरोनाबाट जनप्रतिनिधिसहित २ जनाको मृत्यु

१ कात्तिक, चितवन । चितवनमा कोरोना संक्रमणबाट जनप्रतिनिधिसहित दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना खैरहनी नगरपालिकाका हुन् । जिल्लाको खैरहनी नगरपालिकाका वडा नं. १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडा अध्यक्ष टीकाराम तिमल्सिनाले जानकारी दिए । दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय […]

मापसे गरेर डेढ वर्षको छोरोसहित आमा नदीमा हाम फालिन्

३० असोज, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको टोलीले […]

किसान दम्पतीको रिसोर्ट जस्तै घर !

३० असोज, चितवन । घरमा बस्दाबस्दै दिक्दार लागेका कतिपय मानिसहरु ‘रिफ्रेस’ हुन भन्दै रिसोर्टमा गएर एक–दुई रात भए पनि बिताउन रुचाउँछन् । तर घर नै रिसोर्ट जस्तो बनाए कस्तो होला ? यो प्रश्नको उत्तर हो, चितवन माडीका प्रेम विष्ट र रत्नादेवी विष्ट दम्पतीको घर । माडी नगरपालिका वडा नं. ६ स्यालीबासमा आनन्ददायी रिसोर्टजस्तै लाग्ने उनीहरुको […]

चितवनमा आइसोलेसन खाली, आईसीयू भरिए

२८ असोज, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा कोरोना संक्रमणका गम्भीर बिरामीको उपचारमा समस्या हुन थालेको छ । कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुने देखिएको अस्पताल सञ्चालकहरु बताउँछन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजजस्ता ठूला अस्पतालमा संक्रमितका लागि छुट्याइएका आईसीयू बेड भरिन थालेपछि अब गम्भीर खालका संक्रमितलाई कहाँ […]

चितवन प्रशासनको अनुरोध- घरभित्रै दशैँ मनाउनुस्, अनावश्यक हिँडडुल नगर्नुस्

२८ असोज, चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ […]

चितवनमा ९ वर्षमा १६ सय हेक्टर खेतीयोग्य जमिन घट्यो

२६ असोज, चितवन । उर्वरभूमि मानिने चितवनमा हरेक बर्ष खेती योग्य कृषि भूमि निरन्तर घट्दै गएको एक सर्वेक्षणले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, केन्द्रीय तथ्यांक विभाग र विश्व खाद्य तथा कृषि संगठनले जिल्लामा गरेको हालै सर्वेक्षणले धान र मकै खेती गर्ने जमिनसहित समग्रमा कृषि भूमि घटेको देखिएको छ । जिल्लामा कृषक परिवारले […]

कुखुराको मासुमा नोक्सान व्यहोर्दै किसान

२६ असोज, चितवन  । ब्रोइलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो ९५ रुपैयाँसम्म नोक्सानी व्यहोर्नुपरेको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो । नेपाल ब्रोइलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्रोइलर कुखुरा प्रतिकिलो ११० रुपैयाँ हाराहारीमा बिक्री हुने गरेको छ । जसको […]

काेराेना संक्रमणबाट भरतपुर २० का वडाध्यक्षकाे मृत्यु

२५ असाेज, चितवन । कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका काेभिड संयाेजक डा. प्रमाेद पाैडेलले जानकारी दिए । असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, […]

होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

२४ असोज, काठमाडौं । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका चितवनका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते […]

कोरोना संक्रमित वृद्धको चितवनमा ज्यान गयो

२० असोज, चितवन । पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले सघन उपचार कक्षमा उपचाररत ती वृद्धको मृत्यु भएको पुष्टि गरे । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ उनी यही […]

भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

१८ असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।  

चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु

१६ असोज, चितवन । चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना चितवन भरतपुरका हुन् भने अर्का मकवानपुर हेटौंडाका हुन् । पुरानो मेडिकल कलेज भरतपुरमा भरतपुर महानगरपालिका-११ का ७६ बर्षिय महिलाको मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना भएकी उनलाई असोज […]

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

१२, असोज, चितवन । चितवनमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिका-६ का ५५ वर्षीय बबना चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो । स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउँदै घाँस काट्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको उनले बताए । जरायो मारेर […]

चितवनका दुई स्थानमा सशस्त्रको बीओपी स्थापना

१२ असोज, चितवन । चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । चितवनको माडि नगरपालिका–१ गर्दिस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका वडानं. ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा बीओपी स्थापना गरिएका हुन् । मर्ज भएपछि खालि रहेका विद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी […]

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

१० असोज, चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे […]

चितवनमा हेटौंडाका कोरोना संक्रमितको मृत्यु

१० असोज, चितवन । हेटौंडाका एकजना कोरोना संक्रमितको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको आज (शनिबार) १२ः१८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । उनी श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनमा […]

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

१० असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ […]