Comments Add Comment

ट्राफिक लाइट

List Grid
३६ लाख सवारीको व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा !

१७ मंसिर, काठमाडौं । ‘सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन, ट्राफिक पुलिस सिठ्ठी फुक्छ कोहीले सुन्ने हैन त्यति जाबो ट्राफिक लाइटलाई कति लाग्छ खर्च हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ’ पशुपति शर्माले युट्युबबाट हटाउनु परेको ‘लुट्न सके लुट कान्छा’ गीतभित्रका यी चार हरफ नै नेपालमा ट्राफिकको अस्तव्यस्तालाई उदाङ्गो पार्न पर्याप्त छन् । अन्य […]

कसरी छानियो ट्राफिक बत्तीको रङ ? यस्तो छ इतिहास

विश्वमा सबैभन्दा पहिले सन् १८६८ को डिसेम्बर १० तारेखमा बेलायतको लण्डनस्थित संसदभवन बाहिरको सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । रेलवेका अभियन्ता जेके नाइटले उक्त ट्राफिक लाइट जडान गरेका थिए । रातमा देखियोस् भन्नका लागि यसमा ग्यासको प्रयोग गरिएको थियो । त्यस समयमा ट्राफिक लाइटमा केवल दुईवटा मात्र रङको प्रयोग गरिएको थियो, एउटा रातो र […]

यो हो ट्राफिक जामको समस्याबाट मुक्ति दिलाउने प्रणाली

१५ पुस, काठमाडौं । हामी सबै प्राय: ट्राफिक जाममा फसेका छौं । ट्राफिक लाइट कतिबेला बदलिन्छ र अगाडि बढ्न पाइएला भनेर हामी व्यग्र प्रतिक्षामा हुन्छौं । एकैछिन जाममा रोकिनुपर्दा पनि दिक्क लाग्छ । कहिलेकाहिँ त घण्टौंसम्म लामो लाइनमा बस्नुपर्दाको पीडाको हामी कल्पना पनि गर्न सक्दैनौं । तर रमाइलो कुरा के छ भने ट्राफिक जाम हाम्रो […]

महाराजगञ्जमा बल्याे ट्राफिक लाइट

२६ असाेज, काठमाडौं । काठमाडाैं महानगरपालिकाले चक्रपथ खण्डमा पर्ने महाराजगञ्ज चोकमा नेपाली प्रविधिमा निर्माण गरिएका सडक संकेत बत्ती (ट्राफिक लाइट) सञ्चालनमा ल्याएको छ । २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गराएको प्रणालीको रिमोट, शुक्रबार एक औपचारिक कार्यक्रमका बीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गरे । त्यस लगत्तै मेयर शाक्यले शिक्षण […]

काठमाडौंका ट्राफिक प्रहरीः कसैको खुट्टो भाँचियो, कसैलाई क्यान्सर

मापसे गरेर आफ्नै अगाडिबाट भाग्न लागेका अटेरी चालकलाई रोक्न खोज्दा खुट्टा भाँचिएर ट्राफिक प्रहरी घाइते भए । यस्तै-यस्तै घटनामा परेका ८ जना ट्राफिक प्रहरीहरु यतिबेला न्युरो, बीएण्डबी र अर्थोपेडिक अस्पतालमा उपचार गराइरहेका छन् । मापसे गरेका मोटरसाइकल चालकले गरेको दुर्व्यवहारका कारण घाइते भएर अर्का एकजना ट्राफिक अस्पतालमा भर्ना भएका छन् । रक्सी अरुले पिउँछन्, तिनको […]

‘काम नलाग्ने’ भनिएका ट्राफिक लाइट नै बाल्ने तयारी

२८ कात्तिक, काठमाडौं । योजनाअनुसार काम भए केही समयमा काठमाडौंका मुख्य चोकमा बाटो काट्दा यात्रुले ट्राफिक लाइटको संकेत कुर्नुपर्नेछ । सवारीलाई रोकिने र गुड्ने निर्देशन ट्राफिक लाइटले नै गर्नेछन् । चुनावको मुखमा राजधानीमा ट्राफिक लाइट सञ्चालन गर्ने विषय चर्चामा आएको छ । तर, ती सबै पुरानै प्रणालीका हुनेछन् । एसियाली विकास बैंक (एडीबी)को आर्थिक तथा […]

एडीबीको ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ योजना खारेज, ३३ करोड फ्रिज

११ साउन, काठमाडौं ।  एशियाली विकास बैंक (एडीबी)को आर्थिक तथा प्राविधिक सहयोगमा जडान हुने ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ काे योजना खारेज भएको छ । यसका लागि एडीबीले सरकारलाई दिएको ३३ करोड बजेट पनि फ्रिज हुने भएको छ । काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी)ले पूर्व योजनाअनुरुप ट्राफिक लाइट जडान  नगर्ने गरी इन्टालिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टमको सबै कार्यक्रम खारेज गरेको […]

काठमाडौंमा बल्ने भो युरोपको जस्तै ट्राफिक लाइट !

८ असार, काठमाडौं । काठमाडौंमा अबको एक वर्षपछि मुख्य चोकहरुमा तपाईंले हात हल्लाउँदै गरेका ट्राफिक प्रहरी देख्न पाउनुहुने छैन । र, सवारी साधनहरु पनि ट्राफिक लाइटको सिग्नललाई फलो गरेर रोकिने र गुड्ने छन् । यो जोडेपछि पैदलयात्रुलाई बाटो काट्न पनि अहिलेजस्तो लामो समयसम्म कुर्नुपर्ने छैन । जेब्रा क्रसिङसँगै पोलमा राखिएको ‘पुस बटन’ दबाएपछि केही समयभित्रै […]

विश्वमै नभएको ट्राफिक नियम नेपालमा

५ जेठ, काठमाडौं । सवारीसाधनले ‘पासिङ लाइट’ बाल्दा आफूभन्दा अगाडीको सावारीसाधनलाई अघि बढ्न संकेत गर्नु हो । विश्वभरि पासिङ लाइटको यही नियम छ । तर, नेपालमा पासिंङ लाइटको फरक नियम छ । नेपालको सडकमा पासिङ लाइट बाल्नु आफूलाई अगाडी बढ्न अनुमति माग्नु भएको आजको नयाँ पत्रिकाले जनाएको छ ।  नेपालमा ९९ प्रतिशत चालक पासिङ लाइट […]