Comments Add Comment

तोडफोड

List Grid
विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी

३० चैत, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको […]

विराटनगरको श्रम कार्यालय तोडफोड

१९ पुस, विराटनगर । विराटनगरस्थित श्रम कार्यालयमा आइतबार तोडफोड भएको छ । आइतबार सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लिमिटेडमा कार्यरत रमेश थापा र सुशील गच्छदारले विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा तोडफोड गरेका कार्यालय प्रमुख प्रेम सञ्जेलले बताए । थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् । दुई […]

असन्तुष्ट राइडरले गरे पठाओको कार्यालयमा तोडफोड

१३ पुस, काठमाडौं । राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् । उनीहरु कमिसन घटाउन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए । अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव […]

प्रदेशसभा तोड्फोड गर्नेहरु भन्छन् : हामीलाई पश्चाताप छैन

१९ असोज, बुटवल । एकपटक स्थगित भएर सुचारु भएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरु रोष्टम घेराउ र नाराबाजी गरिरहेका थिए । त्यहीबेला सभामुख पूर्णबहादुर घर्ती बोल्न थाले । सभामुख घर्तीले विरोधको सम्मान गर्ने तर सभाको कारबाही अगाडि बढाउने भन्दै प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न आन्तरिक मामिला […]

त्रिविमा तोडफोड गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

२७ साउन, काठमाडौं । त्रिभुवन  विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालय  तथा शिक्षा शास्त्र संकायको विभागीय प्रमुखको कार्यालयमा नेविसंघ कार्यकर्ताले तोडफोड गरेका थिए । नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, […]

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघ कार्यकर्ताले गरे तोडफोड

२७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् । मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् । नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । परीक्षाको विकल्प दिनुपर्‍यो […]

आँप बोकेर चितवन आएको भारतीय ट्रकमा तोडफोड

२६ असार, चितवन । चितवनको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा तोडफोड भएको छ । विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाले तोडफोड गरेका हुन् । स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका […]

सिरहाको बिडी क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड र तालाबन्दी

२५ माघ, सिरहा । आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले सिरहा मिर्चैयाको ब्रम्हचारी दामोदरानन्द क्याम्पसमा तोडफोड र तालाबन्दी गरेका छन् । नियमित कक्षा सञ्चालन गर्ने लगायतका विभिन्न आश्वासन दिए पनि क्याम्पस प्रमुख सञ्जयकुमार साहले बेवास्ता गरेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर […]