+
+

कीर्तिपुरकी कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षको तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १६:३०

२ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा एक वडाध्यक्षले तोडफोड गरेका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्षमा शनिबार दिउँसो तोडफोड गरेका हुन् ।

कर्मचारीहरूले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित उनी उपमेयरको कार्यकक्षमा पुगेका थिए । त्यही विषयमा विवाद हुँदा उनले टेबुल फुटाएको एक कर्मचारीले जानकारी दिए ।

‘उपमेयर शाक्यले वडाध्यक्षले माफी माग्नुपर्छ भनेर फुटेको टेबुल पनि उठाइएको छैन’, ती कर्मचारीले भने ।

वडाध्यक्ष महर्जनलाई यसबारे सोध्न खोज्दा उनले फोन उठाएनन् ।

कार्यवाहक मेयर शाक्यले वडाध्यक्ष महर्जनले प्रमुख प्रशासकीय अधिकृतको समय नपाएपछि आफ्नो कार्यकक्षमा आएर तोडफोड गरेको बताइन् ।

‘प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुखहरुको बैठक राख्नुभएको थियो ।  त्यही बेला ३ नम्बर वडाध्यक्षले वडाको विभिन्न मागहरुले लिएर नगरपालिका आउनुभएको थियो । त्यो बेला समय नपाएपछि उहाँ रिसाएर मेरो सचिवालयमा पस्नुभयो । मसहित अरु जनप्रतिनिधि सँगै थियौं । उहाँले प्रमुख प्रशासकीय अधिकृतले समय नदिएको भनेर रिसाउँदै टेबल फुटाउनु भयो’, उनले भनिन् ।

कार्यवाहक मेयर शाक्यले कुनै विषयमा चित्त नबुझ्दैमा जनप्रतिनिधिले  उच्छृङ्खल व्यवहार देखाउनु उचित नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?