+
+
Shares

२४ भदौमा तोडफोडबाट निर्वाचन आयोगका कार्यलयहरूमा ५ करोड ७४ लाख बराबरको क्षति

जिल्ला निर्वाचन कार्यलय इलाममा सवारी साधन लगायत कार्यालयका सामानहरुमा क्षति भएको छ । जसबाट ८१ लाख ९३ हजार ८११ रुपैया बराबरको क्षति हुन पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ।
  • इलाम, मोरङ, सप्तरी, चितवन लगायत जिल्लाका निर्वाचन कार्यालयमा सवारीसाधन, कार्यालय सामान र भवनमा क्षति पुगेको छ।
  • निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पनि एउटा मोटरसाइकल क्षति भएको छ र सबै जिल्लामा ठूलो आर्थिक क्षति भएको छ।

२४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा भएको विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । त्यसबाट पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यलय इलाममा सवारी साधन लगायत कार्यालयका सामानहरुमा क्षति भएको छ । जसबाट ८१ लाख ९३ हजार ८११ रुपैया बराबरको क्षति हुन पुगेको छ ।

मोरङ कार्यालयको झ्यालका सीसा फुटाएको र सामानहरु जलाएको छ । जहाँ १७ लाख ४२ हजार पाँच सय बराबरको क्षति भएको छ ।

सप्तरी कार्यलयमा मोटरसाइकल, कार्यालयका सामान, कागजात र मेसिन औजार जलेको छ । यहाँ एक करोड ४७ हजार ४९९ को क्षति भएको विवरण छ ।

काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा सवारी साधनको सिसा फुटेको छ । जहाँ ५० हजारको क्षति भएको छ ।

चितवन कार्यालयमा सवारी साधन लगायत कार्यालयका सबै सामानमा आगलागी भएको छ । २ करोड, ३१ लाख १ हजार २७० रुपैया बराबरको क्षति भएको ट ।

कास्की कार्यालयमा चारपाङ्ग्रे सवारीसाधन जलेको छ । मोटरसाइकल तोडफोड भएको र झ्यालको सीसा र कुर्सी तोडफोड भएको छ । यहाँ ७३ लाख ४० हजारको क्षति भएको छ ।

तनहुँ कार्यलयमा बोलेरो जीप तोडफोड भएको छ । ३ लाख ५० हजारको क्षति भएको छ ।

दाङमा चारपाङ्ग्रे सवारी साधन पूर्ण क्षति भएको छ । कार्यालय सामानमा क्षति भएको छ । ५१ लाख ७१ हजार ४१ रुपैया बराबरको क्षति भएको छ ।

डडेलधुरामा कार्यालय भवन तोडफोड भएको छ । चारपाङ्ग्रे सवारी साधन क्षति भएको छ । २ ओटा मोटरसाइकल जलेको छ । कार्यालय सामानहरु तोडफोट भएको छ । यसबाट १४ लाख ४ हजार बराबरको क्षति भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा भने एउटा मोटरसाइकल क्षति भएको छ । तीन लाख बराबरको क्षति भएको छ ।

सबैतिर गरेर पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?