Comments Add Comment

द्वन्द्वकालीन मुद्दा

List Grid
कोही उपराष्ट्रपति, कोही गृहमन्त्री, निमुखालाई कोर्ट मार्शल !

२८ साउन, काठमाडौं । नेपाली सेनाबाट भागेको करिब १५ वर्षमा शक्ति गुरुङको जीवनले धेरै उतार–चढाव भोग्यो । उनी तत्कालीन माओवादीको नजरबन्दमा बसे । ‘सेक्सन कमाण्डर’ बनेर लडाइँमा होमिए । शान्ति सम्झौतासँगै लडाकू शिविरमा पनि बसे । सेना समायोजनका क्रममा फेरि नेपाली सेनामा प्रवेश रोज्ने अवसर पनि आएको थियो । तर, उनले अवकाश नै रोजे । […]

द्वन्द्वकालीन मुद्दा हेर्न विशेष अदालत, माओवादीविरुद्धका ३५० मुद्दा फिर्ता लिइने

७ असार, काठमाडौं । मानव अधिकारको गम्भीर उल्लंघनका द्वन्द्वकालीन घटनामा क्षमादान र माफी नहुने प्रावधानसहित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयकलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा बनेको छ । यो मस्यौदामाथि थप सुझाव लिएर संसदमा पठाउने सरकारको तयारी छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन […]

द्वन्द्वकालीन मुद्दा हेर्न विशेष अदालत, सत्य बक्नेलाई खुला काराबासमा राखिने

७ असार, काठमाडौं । मानव अधिकारको गम्भीर उल्लंघनका द्वन्द्वकालीन घटनामा क्षमादान र माफी नहुने प्रावधानसहित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयकलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा बनेको छ । यो मस्यौदामाथि थप सुझाव लिएर संसदमा पठाउने सरकारको तयारी छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन […]

द्वन्द्वकालीन मुद्दामा नेपाली सेना तानिनु हुन्नः प्रधानमन्त्री

१६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन मुद्दामा नेपाली सेना तानिनु नहुने बताएका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक आइतबार सेनाको मुख्यालय जङ्गी अड्डा पुगे र उनले शान्ति प्रक्रियामा नेपाली सेनाले सकारात्मक भूमिका देखाएको भन्दै उच्च सम्मान गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘नेपाली सेनाको मनोबल उच्च राख्न सरकार सचेत छ […]

एमाले माओवादी सम्बन्धः जोगी र भैंसीजस्तो !

समाचार टिप्पणी । केपी ओलीसँगको सत्ता सहकार्य भत्काउनुको कारणबारे प्रचण्ड र वर्षमान पुन अनन्तले भन्ने गरेका राजनीतिक तर्क एमालेभित्रै बहसमा छन् । तर, प्रचण्ड र अनन्तबाट शान्ति प्रक्रियाका सन्दर्भमा लगाइएका आरोपलाई भने सिंगो एमाले पंक्तिले गम्भीररुपमा लिएको उच्च स्रोतले जनाएको छ । ओलीले भने-प्रचण्डलाई सघाउनू प्रचण्डसँग रीसले चूर भए पनि एमाले अध्यक्ष केपी ओली शान्ति […]

द्वन्द्वकालीन मु्द्दा मेलमिलाप आयोगबाट टुंगो लगाऊः नयाँ शक्ति

२४ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालले द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट किनारा लगाउन सरकारको ध्यानाकर्षण गराएको छ । द्वन्द्वकालको मुद्दामा आइतबार पक्राउ परेका आफ्ना सप्तरी संयोजक एवम् केन्द्रीय परिषद सदस्य अरुण साहलाई रिहा गर्न पनि नयाँ शक्ति नेपालले माग गरेको छ । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सोमबार जारी गरेको विज्ञप्तिमा […]

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ७ हजार ७८९ उजुरी

६ जेठ, विराटनगर । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ७ हजार ७ सय ८९ उजुरी परेको छ । आयोगको कार्यालयमा परेको उजुरीको संख्या आज बिहीबारसम्मको हो । सशस्त्र द्वन्द्वको क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले गत वैशाख दुई गतेबाट द्वन्द्वकालमा राज्य र तत्कालिन विद्रोही माओवादीबाट पीडित भएकाहरुको उजुरी लिने […]

एमाले-एमाओवादी सम्झौताको बिरोधमा द्वन्द्वपीडितद्वारा बालुवाटार घेराउ

२९ वैशाख, काठमाडौं । सरकारले द्वन्द्वकालीन घटनाका दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै द्वन्द्वपीडित परिवारका सदस्य र मानवअधिकारवादीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । सत्तारुढ नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच अदालतमा विचाराधीन द्वन्द्वकालीन सबै मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याउने गरी कानून संशोधन गर्ने सहितको नौ बुँदे सहमति भएको सन्दर्भमा द्वन्द्वपीडित […]

बेलायतले भन्यो- कुमार लामालाई जुन महिनासम्म कुर्नुस्

१७ वैशाख, काठमाडौं । सरकारले कर्णेल कुमार लामालाई छिटो मुक्त गरेर नेपाल फिर्ता गर्न बेलायत सरकारलाई आग्रह गरेको छ । बेलायत सरकारले आगामी जुन महिनासम्म प्रतिक्षा गर्न जवाफ दिएको छ । तका आरोपी कर्णेल लामालाई बेलायत सरकारले पक्राउ गरी थुनामा राखेको छ । उनी विगत तीन वर्षदेखि बेलायतको जेलमा छन् । उनीविरुद्धको मुद्दाको टुंगो आगामी […]

सत्य निरूपणमा उजुरीः शेरबहादुर देउवालाई कारवाही गरी पाउँ !

“साँझको ९ बजेतिर आमा सञ्चै हुनुहुन्छ ? भन्दै दुर्इजना माओवादी भाइहरू आए । उनीहरु एकदमै भोकाएका जस्ता थकित देखिन्थे ।एकजनाको साथमा बन्दूक पनि थियो । अर्कोले झोला बोकेका थिए । ३ दिन भैसक्यो आमा, हामीले मुखमा अन्नको दाना हालेका छौनौं, केही खानेकुरा छ भने दिनुहोस्, निकै हतार छ, टाढा पुग्नु छ भन्थे उनीहरू । भोक […]

द्वन्द्वकालीन मुद्दामा माओवादीहरुले विप्लवको साथ पाएनन्

९ वैशाख, काठमाडौं । चार माओवादी र नयाँ शक्ति नेपालले द्वन्द्वकालीन मुद्दाहरु एक ठाउँमा आएका छन् । तर, विप्लवले भने साथ दिएनन् । प्रचण्ड, वैद्य, मात्रिका यादव, मणि थापा नेतृत्वको माओवादी र नयाँ शक्ति नेपालले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै न्यायालयले शान्ति सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दाहरु फिर्ता […]