Comments Add Comment

धरहरा

List Grid
धरहरा पुनर्निर्माणलाई तीव्रता दिन मेयर शाक्यको निर्देशन

२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जानेबाटोको निरीक्षण गरेका छन् । वडा–२२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको टोलीसहित मेयर शाक्यले निरीक्षण गरेका हुन् । त्यस क्रममा मेयर शाक्यले धरहरा निर्माणको कामलाई तिव्रता दिन पनि निर्देशन दिए । हरेक वर्ष इन्द्रजात्रा नजिकको द्धादशीमा दिगंवत […]

धरहरा पुनर्निर्माणको शिलान्यास, अब यस्तो बन्नेछ नयाँ धरहरा

१२ पुस, काठमाडौं । धरहरा पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे पुनर्निर्माणको शिलान्यास गर्दैछन् । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए । तर, पुनर्निर्माण […]

धरहराको शिलान्यास पुस १२ गते

८ पुस, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने भएको छ । आउँदो बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् । शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले अनलाइनखबरलाई जानकारी दिए । ‘धरहरा निर्माण […]

धरहराको टेण्डरमा भेटिएनन् ‘नक्कली’ कम्पनी

१६ भदौ, काठमाडौं । धरहरा पुनर्निर्माणका लागि भएको टेण्डरमा नक्कली चिनियाँ ज्वाइन्ट भेञ्चर कम्पनी सहभागी नभएको पाइएको छ । पुनर्निर्माण प्राधिकरणले २ महिना लगाएर गरेको अध्ययनमा धरहराको निर्माणका लागि नेपाली कम्पनीसँग जोडिएर आएका कुनै कम्पनी ‘नक्कली’ नभएको पाइएको हो । प्राधिकरणका एक अधिकारीका अनुसार चीनको दूतावासलाई नै सोधेर यसको निक्र्योल निकालिएको हो । धरहरा पुनर्निर्माणका […]

भत्किएको धरहरा जोगाउन त्रिपालले छोपियो, हेर्नुस् ९ तस्वीर

१६ साउन, काठमाडौं । भूकम्पमा भत्किएको धरहराको बाँकी भागलाई बुधबार त्रिपालले ढाकिएको छ । काठमाडौं महानगरपालिकाले धरहराको उक्त भाग पानीले गलेर भत्किने भएपछि जोगाउन त्रिपालले ढाकेको हो । २०७२ वैशाख १२ गतेको भूकम्पबाट धरहरा भत्किँदा त्यसको पुछारको केही भागमात्र बाँकी छ । धरहराको उक्त स्वरुपलाई जोगाउन त्रिपालले छोपिएको हो । धरहरा त्रिपालले छोप्न महानगरपालिकाकी उपमेयर […]

हाइप्रोफाइल ठेकदारको धरहरा पुनर्निर्माण हात पार्ने दाउ

३१ असार, काठमाडौं । धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुले चलखेल सुरु गरेका छन् । वर्तमान र निवर्तमान माननीयहरुले टेन्डर मूल्यांकनमा ‘सेटिङ’को कम्पनी आउट हुने देखेपछि उनीहरुले खरिद प्रक्रिया नै अवरुद्ध पारेका हुन् । धरहरा पुनर्निर्माणका लागि ६ वटा कम्पनीले टेण्डर हालेका थिए । उनीमध्ये चार कम्पनी सिण्डिकेटधारी छन्, जसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हातमा लिएर […]

धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुको चलखेल

३१ असार, काठमाडौं । धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुले चलखेल सुरु गरेका छन् । वर्तमान र निवर्तमान माननीयहरुले टेन्डर मूल्यांकनमा ‘सेटिङ’को कम्पनी आउट हुने देखेपछि उनीहरुले खरिद प्रक्रिया नै अवरुद्ध पारेका हुन् । धरहरा पुनर्निर्माणका लागि ६ वटा कम्पनीले टेण्डर हालेका थिए । उनीमध्ये चार कम्पनी सिण्डिकेटधारी छन्, जसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हातमा लिएर […]

भत्किएको धरहराबाट प्रधानमन्त्रीको उद्घोष : कोदालो र डोको बोक्न तयार छु

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा […]

धरहराको ठुटोमुनि प्रधानमन्त्रीको सम्बोधन- कोदालो र डोको बोक्न तयार छु 

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा […]

धरहरा निर्माणमा ढिलाइ, सम्पदाविद भन्छन्-प्रस्ताव नै गलत

२ फागुन, काठमाडौं । सरकारले धरहरा पुनर्निर्माण गर्दा पुरानो ठूटोलाई ‘ग्लास’ ले छापेर राख्ने र अर्को संरचना ठड्याउने तयारी गरिरहेको छ । तर, सम्पदाविद्हरुले यसलाई ‘अर्थहीन’ भनेका छन् । धरहराको डिजाइन नै गलत भएको र त्यसले सम्पदा पुनर्निर्माणको मर्म आत्मसाथ नगरेको विज्ञहरुको भनाइ छ । सरकारले धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । […]

टुंगियो धरहराको विवादः पुनर्निर्माण प्राधिकरणलाई नै बनाउन स्वीकृति

७ पुस, काठमाडौं । सरकारले धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको छ । यसअघि निर्माणको जिम्मा दिइएको नेपाल टेलिकम लगानी उठ्ने ग्यारेन्टी नहुने बताउँदै पन्छिएपछि मन्त्रिपरिषद्ले प्राधिकरणमातहत नै निर्माण गर्ने निर्णय लिएको हो । टेलिकमले धरहरा क्षेत्रभित्रै व्यावसायिक स्टल नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत् नै बनाउने […]

भत्केको धरहरामा व्यवसाय जारी, महानगरले भाडा उठाउन सकेन

१६ बैशाख काठमाडौं । धरहरा ढलेको दुई वर्ष बितिसके पनि यसको वरिपरिको व्यवसाय भने अझै चालु छ । तर, यसरी व्यवसाय गर्ने कम्पनीले भूकम्पयता महानगरपालिकालाई भाडा बुझाएको छैन । धरहराको व्यवसायिक प्रयोजनका लागि काठमाडौं महानगरपालिका र साइड वाकर्सबीच सम्झौता भएको थियो । सम्झौताको म्याद अझै ८ वर्ष बाँकी छ । तर, साइड वाकर्सले राजश्व तिर्न […]

भाँचिएको धरहरा संरक्षण गर्दै नयाँ ठड्याइने, तयार भयो नक्सा

२० चैत, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गर्ने तयारी अब अन्तिम चरणमा पुगेको छ । धरहरालाई स्मारकसहित आकर्षक पार्कका रुपमा रुपमा विकास गर्ने गरी फाइनल नक्सा तयार भएको छ । जसअनुसार भाँचिएको धरहराको ठूटोलाई जस्ताको तस्तै संरक्षण गरिनेछ भने त्यसकै अगाडि नयाँ धरहरा ठड्याइनेछ । यो नक्सा बको एक हप्ताभित्रै नेपाल टेलिकमलाई हस्तान्तरण गरिनेछ […]

धरहरा बनाउन सेनाले दियो ६ करोड १७ लाख

२२ कात्तिक, काठमाडौं । ‘मेरो धराहरा मै बनाउछु’ अभियान अन्तर्गत नेपाली सेनाले धरहरा पुनर्निर्माणको लागि ६ करोड १७ लाख रुपैयाँ पुनर्निर्माण प्राधिकरणलाई हस्तान्तरण गरेको छ । सोमबार सिंहदरबारमा एक कार्यक्रमकाबीच प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पुनर्निर्माण प्राधिकरणका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई ६ करोड १७ लाख १३ हजार ७ सय ८३ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । […]

धरहरा निर्माण भएन, रानीपोखरीको काम रोक्न निर्देशन

१३ भदौ, काठमाडौं  भूकम्पले भत्किएको  धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन । सरोकारवाला निकायका फरक-फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन । धरहराको अवधारणागत नक्सा तयार गर्ने आर्टिकेक्ट इन्जिनियर मनोहर राजभण्डारीले आफूहरूले तयार पारेको नक्सा पुरातत्व विभागलाई बुझाइसकिए पनि त्यसमा विभागबाट थप […]

धरहरा पुनर्निर्माणमा २ अर्ब लगानी गर्ने नेपाल टेलिकमको प्रस्ताव

३० साउन, काठमाडौं । नेपाल टेलिकमले धरहराको निर्माण, सञ्चालन र व्यवस्थापनमा चासो देखाएको छ । र, उसले २०७२ वैशाख १२ को भूकम्पमा ध्वस्त बनेको धरहरा पुनर्निर्माणका लागि आवश्यक खर्च गर्ने प्रस्ताव गरेको छ । टेलिकमका अधिकारीहरुले २ अर्ब रुपैयाँसम्म खर्च गर्न सक्ने भन्दै धरहरा पुर्निर्माण्को प्रस्ताव पुरातत्व विभागसमक्ष पेश गरेको छ । सरकारले धरहरालाई विसं […]

तीन अर्ब लगानीमा यस्तो बन्ने भयो धरहरा ! (भिडियोसहित)

१७ साउन, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा भव्य रुपमा पुनर्निर्माण हुने भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो । आधुनिक धरहराको स्केच तयार भइसकेको छ । केज कन्सुलेट प्रालि/एमआरबी एण्ड एशोसिएट्सले डिजाइन तयार पारेको हो । सोमबार राजधानीमा एक कार्यक्रमबीच धरहराको स्केच सार्वजनिक गरियो । २९ रोपनी क्षेत्रफलमा […]

११ तले धरहरा बनाउन टक्सार र हुलाकको जग्गा थपिने

१७ असार, काठमाडौं । भूकम्पबाट ढलेको धरहरा पुनर्निर्माण गर्दा वरपरका सरकारी जग्गालाई पनि खाली गरेर उपयोगविहीन पार्कभित्रै समेटिने भएको छ । धरहरासँगै रहेका अन्य सरकारी निकायका जग्गालाई समेटेर धराहरा वरपर फराकिलो खुला स्थानसहित पुनर्निर्माण गर्न पर्यटन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । धरहरासँगै रहेका टक्सार विभाग र गोश्वारा हुलाकको करिब १०/१० रोपनी जग्गालाई समेट्न पहल […]

धरहरा पुगेर प्रधानमन्त्रीले मृतकलाई सम्झिए

१२ वैशाख, काठमाडौँ । गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे । प्रधानमन्त्री ओलीले आज बिहान सुन्धारास्थित धरहरा पुगी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट […]

धरहराबाट खसेको जोडी धरहराकै ठुटोमुनि

पोहोरको भूइँंचालोमा धरहराबाट खसेका एक जोडी एक वर्षपछि त्यही धरहराको ठूटोनेरि भेटिए । उनीहरु दुवै थकित देखिन्थे । वैशाख १२ नजिकिँदै गर्दा सञ्जीव श्रेष्ठ र रमिला श्रेष्ठ सोह्रश्राद्धको पुरेतजस्ता भएका छन् । हामीभन्दा अगाडि दुई समुहले अन्तर्वार्ता लिइसकेका थिए । हामीपछि एउटा समूह पर्खाइमा थियो । सञ्जीवले हामीलाई २० मिनेट दिए । एउटै प्रश्नको जवाफ […]

धरहराः ११ तले बनाउन प्रस्ताव, तीनतले भूमिगत पार्किङ

२ वैशाख, काठमाडौं । भूकम्पले ढालेको धरहरा कस्तो बनाउने ? धेरैको जवाफ हुनसक्छ, र बलियो र पहिलेको जस्तै । तर, अब बन्ने धरहराको स्वरुप तपाईंले यसअघि देखेको भन्दा फरक हुन सक्छ । किनभने सरकारले अब ९ तले नभएर ११ तले बनाउन प्रस्ताव गरेको छ । भीमसेन थापाले बनाएको धरहरा सुरुमा ११ तले थियो । वि.सं.१९९० […]