Comments Add Comment

परराष्ट्र नीति

List Grid
परराष्ट्र नीतिमा रणनीतिक स्वायत्तताको अभ्यास गरिनुपर्छ

पछिल्लो भूराजनीतिको पुनरागमनसँगै शक्ति राष्ट्रहरुले विभिन्न प्रकारका सैन्य एवं रणनीतिक सहकार्यको संरचना र मोडलहरु विकास गरिरहेका छन् । त्यसमा एकातिर अमेरिकाको तर्फबाट अगाडि सारिएको इन्डो–प्यासेफिक रणनीति यथावत छ भने अर्काेतर्फ ‘क्वाड’को छातामा अमेरिका, भारत, जापान र अष्ट्रेलियाले संयुक्त सैन्य अभ्यासको थालनी पनि गरेका छन् ।यी सैन्य अभ्यासहरु मुलतः इन्डियन ओसनमा केन्द्रित रहेर भइरहेका छन् । […]

नयाँ परराष्ट्र नीति : सबै दलको अपनत्व भएन, कार्यान्वयनमा चुनौती

२३ मंसिर काठमाडौं । परराष्ट्र मामिला विज्ञहरुले परराष्ट्र नीतिको एकीकृत दस्तावेज आउनु सकारात्मक भए पनि त्यसमा सबै राजनीतिक दलको अपनत्व नभएकाले भोलि कार्यान्वयनमा समस्या आउन सक्ने बताएका छन् । आइतबार जारी भएको नेपालको परराष्ट्र नीतिमा खासै नयाँ विषय नभएको, धेरै प्रावधानहरु अमूर्त भएको र पर्याप्त व्याख्या नभएको उनीहरुको बुझाइ छ । अनलाइनखबरसँगको कुराकानीमा विज्ञहरुले यस […]

नयाँ परराष्ट्र नीतिका १३ चुनौती, १५ अवसर 

२२ मंसिर, काठमाडौं । आइतवार सार्वजनिक गरिएको परराष्ट्र नीतिमा नेपालका चुनौती र अवसरहरु पहिल्याइएको छ । सो नीतिका अनुसार नेपालको वाह्य मामिलामा अवसर र चुनौतीहरु केलाइएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सार्वजनिक गरेको नयाँ परराष्ट्र नीतिमा नेपालको विदेश सम्बन्धबारे विभिन्न १३ वटा चुनौतीहरु रहेको उल्लेख छ । त्यसैगरी नेपालको परराष्ट्र सम्बन्धमा विभिन्न १५ वटा […]

मन्त्री ज्ञवालीले सार्वजनिक गरेको नयाँ परराष्ट्र नीतिमा के छ ? (पूर्ण पाठसहित)

२१ मंसिर, काठमाडौं । सरकारले परिवर्तनशील र तरल क्षेत्रीय परिवेशमा राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन परराष्ट्र नीतिको एक चुनौती रहेको बताएको छ । आइतबार सार्वजनिक गरिएको नीतिमा परराष्ट्र नीति सञ्चालनमा देखापर्न सक्ने विभिन्न चुनौतीहरुलाई सूत्रवद्ध गरिएको छ । सार्वजनिकरुपमा नै उपलब्ध हुने गरी एकीकृत रुपमा परराष्ट्र नीति तयार पारिएको यो पहिलो पटक हो । नयाँ […]

नयाँ परराष्ट्र नीति किन ?

हामीले लामो समयदेखि हाम्रो परराष्ट्र नीतिको एकीकृत दस्तावेज होस् भन्ने चाहना विभिन्न ढंगले प्रकट गर्दै आयौं। परराष्ट्र नीतिका विभिन्न तत्वहरु विभिन्न ठाउँमा छरिएर रहेका थिए । तर, हामीसँग नीति नै नभएको चाहिँ होइन । केही विषयहरु संविधानले निर्दिष्ट गर्दथ्यो, केही कुरा केही कानुन र अन्य नीतिमा थिए । जस्तो- राष्ट्रिय सुरक्षा नीतिलगायत अन्य नीतिमा यसका […]

नयाँ परराष्ट्र नीति : छिमेकीसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध, असंलग्न नीतिमा दृढ

२१ मंसिर, काठमाडौं । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सो नीति सार्वजनिक गरेका हुन् । विभिन्न क्षेत्रमा छरिएका विभिन्न नीतिहरुलाई एकीकृत गर्दै र आन्तरिक र वाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गदै सो नीति सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ […]

शक्तिराष्ट्रको तानातानबाट साना मुलुक कसरी जोगिने ?

१४ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोको एसियाली मुलुकको भ्रमणले यतिबेला भूराजनीतिक तरंग सिर्जना गरेको छ । अमेरिका र भारतका बीचमा भएको टु प्लस टु मन्त्रिस्तरीय वार्ता, रक्षा सूचना आदान–प्रदानसम्बन्धी सम्झौता र क्षेत्रिय मुद्दाहरुमा भएका केही प्रारम्भिक सहमतिले दक्षिण एसियाली मुलुकमा शक्ति राष्ट्रहरुवीचको संघर्ष आगामी दिनमा बढ्ने स्पष्ट संकेत देखिएको छ । पम्पियोले नेपालको […]

सरकारले ल्यायो नयाँ परराष्ट्र नीति, आर्थिक कूटनीति उच्च प्राथमिकतामा

६ कात्तिक, काठमाडौं । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिँदै परराष्ट्र मन्त्रालयले तयार पारेको परराष्ट्र नीति २०७७ लाई मन्त्रिपरिषदले पारित गरेको छ । तर मन्त्रालयले सो नीति सार्वजनिक भने गरेको छैन । विसं २०७२ सालमा नयाँ संविधान जारीसँगैको राजनीतिक परिवर्तन र बदलिँदो भूराजनीतिक अवस्थालाई दृष्टिगत गरेर नयाँ नीति तयार पारिएको हो । संविधान, परम्परा र विभिन्न […]

अब नेपालको विदेश नीति पनि छिमेकी पहिलो !

२५ माघ, काठमाडौं । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले छिमेक पहिलो नीति अवलम्बन गर्न सुझाव दिएको छ । कार्यदलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बुझाएको प्रतिवेदनमा चीन र भारतमा केन्द्रित हुन सुझाव दिइएको छ । राजनीतिक, सैन्य, आर्थिक र संस्थागत गरी चार भागमा तयार पारिएको प्रतिवेदनमा संविधानमा व्यवस्था भएको निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य […]

परराष्ट्र नीतिलाई राजनीतिक स्वार्थ अनुकूल प्रयोग गर्दा देशलाई घाटाः परराष्ट्रमन्त्री महत

५ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रिय स्वार्थलाई ध्यान दिँदै दुई ठूला छिमेकी भारत र चीनबाट लाभ लिन सरकार संवेदनशील रहेको बताएका छन् । पूर्व राजदूतहरुको संस्था ‘एसोसिएसन अफ फर्मर क्यारियर राजदूत अफ नेपाल’ ले आयोजना गरेको अन्तर्क्रियामा मन्त्री महतले विगतदेखि नै परराष्ट्र नीतिलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रयोग गर्दा छिमेकी देशहरुको […]

छिमेकी केन्द्रित परराष्ट्र नीति उच्च प्राथमिकतामा

१९ असार, काठमाडौं ।  सरकारले मुलुकको परम्परागत परराष्ट्र नीतिमा परिवर्तन गर्दै छिमेकी केन्द्रित परराष्ट्र नीति कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । विगतमा दुई ढुंगाबीचको तरुललाई मूल मन्त्र बनाएर मुलुकले परराष्ट्र नीति सञ्चालन गर्दै आए पनि आगामी दिनमा परराष्ट्र नीति सञ्चालनलाई भिन्न रूपमा अघि बढाउने लक्ष्य सरकारले राखेको छ । काभ्रेको धुलिखेलमा शनिबार आयोजित अन्तक्र्रियामा […]