+
+
Shares

परराष्ट्र नीति संविधानमै उल्लेख छ, परिवर्तन हुन्न : परराष्ट्र मन्त्री शिशिर खनाल

नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको बताउँदै उनले यसलाई निरन्तरता दिइने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि नेपालको परराष्ट्र नीति परिवर्तन नहुने बताएका छन्।
  • खनालले पश्चिम एसियामा रहेका ८० हजारभन्दा बढी नेपालीको तथ्याङ्क सङ्कलन गरिएको र सुरक्षित राख्न कूटनीतिक पहल भइरहेको बताए।
  • मन्त्री खनालले सम्भावित इन्धन आपूर्ति शृङ्खलामा पर्नसक्ने असरबारे अध्ययन भइरहेको र यसलाई संवेदनशील रूपमा लिइएको उल्लेख गरे।

१३ चैत, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताएका छन् । पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताएका हुन् ।

‘सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीति परिवर्तन हुँदैन’, मन्त्री खनालले भने, ‘यो नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितसँग सम्बन्धित विषय हो ।’ नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको बताउँदै उनले यसलाई निरन्तरता दिइने बताएका हुन् ।

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय देखिएको द्वन्द्वको अवस्थामा मन्त्रालयले पछिल्लो समयदेखि आवश्यक काम गरिरहेको पनि मन्त्री खनालले बताए । ‘हालसम्म त्यहाँ रहेका ८० हजारभन्दा बढी नेपालीको तथ्याङ्क सङ्कलन गरिएको छ । आवश्यकताअनुसार त्यहाँ रहेका नेपालीलाई सोही देशमा सुरक्षित राख्ने उद्देश्यले कूटनीतिक पहलमार्फत मन्त्रालयले सक्रिय रूपमा काम गरिरहेको छ,’ उनले भने । यदि अवस्था अझ संवेदनशील बन्दै गए नेपाली नागरिकको सुरक्षाका लागि अन्य आवश्यक कदम चालिने उनले बताए ।

यस्तै सम्भावित इन्धन आपूर्ति शृङ्खलामा पर्नसक्ने असरबारे पनि अध्ययन भइरहेको बताउँदै मन्त्री खनालले इन्धनको मूल्य र त्यसबाट पर्ने प्रभावबारे मन्त्रालयले गम्भीरतापूर्वक विश्लेषण गरिरहेको र यस विषयलाई अत्यन्त संवेदनशील रूपमा लिइएको उल्लेख गरे ।

मन्त्री खनालले शान्तिका पक्षमा उभिएको देश र गौतमबुद्ध जन्मिएको मुलुकका रूपमा नेपालले सधैँ द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण ढङ्गले आफ्ना समस्या समाधान गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै विश्व समुदायलाई पनि नेपालले सोही अनुरोध गर्दै आएको उनले बताए । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?