Comments Add Comment

प्रहरी चौकी

List Grid
नुवाकोटको देवीघाट प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

१ वैशाख, त्रिशूली । नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दा दुईजना प्रहरी घाइते भएका छन् । मंगलबार राति लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार […]

प्रहरी चौकी तोडफोडको आरोपमा वडाध्यक्ष पक्राउ

२२ जेठ, पश्चिम रूकुम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको […]

मदिरा सेवन गरेका वडाध्यक्षद्वारा प्रहरी चौकीमा तोडफोड

२१ जेठ, काठमाडौं । पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ । नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार वडाध्यक्ष केसीले मदिरा सेवन गरी सोही प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरेको र पछि केही युवा ल्याएर […]

त्रिवि हाताभित्र रहेको प्रहरी चौकी हटाइने

२० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको हाताभित्र रहेको प्रहरी चौकी हटाइने भएको छ । लामो समयदेखि विद्यार्थीले चौकी हटाउन माग गर्दै आन्दोलन गरेपछि आइतबार तत्काल हटाउने सहमति भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र नेविसंघबीच भएको वार्ताबाट सहमति प्रहरी चौकी हटाउने सहमति भएको हो । सहमति पत्रमा निर्देशनालयका कार्यकारी निर्देशन गंगाबहादुर थापा […]

पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैं असुरक्षित

२१ मंसिर, तेह्रथुम । पर्यटकीय तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रअन्तर्गत संखुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकीे भवन जीर्ण छ । भाडाको घरमा रहेको प्रहरी चौकीे भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ भवन बनाउन कसैले चासो नदेखाउँदा प्रहरी आफैं असुरक्षित रूपमा बस्न बाध्य भएको हो । उक्त चौकीको आफ्नै भवन पनि द्वन्द्वकालमा तत्कालीन माओवादीले ध्वस्त […]

गाविस कर्मचारीको नेतृत्वमा लुटियो सुर्खेतको प्रहरी चौकी

१७ कात्तिक, काठमाडौं । सुर्खेतको आग्री गाविसस्थित देउली प्रहरी चौकी आक्रमणमा गाविसकै कर्मचारीले नेतृत्व गरेको प्रहरीले जनाएको छ । चौकीमा आक्रमण गरेर हतियार लुटेको आरोपमा प्रहरीले गाविसका प्राविधिक सहायक बीपी सिंहसहित स्थानीय केही युवाहरुलाई पक्राउ गरेको छ । मंगलबार राति आग्रीस्थित देउली प्रहरी चौकीमा पुगेको स्थानीयको समूहले चौकीमा आक्रमण गरेर हतियार लुटेको थियो । आक्रमणकारीले दुई […]