+
+
Shares

भक्तपुरको सानोठिमी प्रहरी चौकी निर्माण जुटे स्थानीय

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १२:३२

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनमा तहसनहस भएको भक्तपुरको सानोठिमी प्रहरी चौकी निर्माणमा स्थानीय समुदाय जुटेका छन् ।

सानोठिमी प्रहरी चौकी निर्माणका लागि मध्यपुर ठिमी नगरपालिका–७ धुन्चेपाखा बस्ने स्थानीय समुदायहरुले रकम संकलन गरेका छन् । स्थानीय समुदायबाट संकलित १ लाख ३७ हजार ७ सय रुपैयाँ चौकीलाई हस्तारण गरिएको बताइएको छ ।

४५ जना स्थानीयबाट संकलित गरिएको उक्त रकम चौकीलाई आइतबार हस्तान्रण गरिएको बताइएको छ ।

यसअघि पोखराको प्रहरी कार्यालय बनाउन पनि स्थानीय समुदाय र पोखराका व्यवसायी जुटेका थिए । जेनजी आन्दोलनका क्रममा प्रहरी धेरै प्रहरी कार्यालयहरु तहसनहस भएका थिए । आगजनी र तोडफोड पूर्ण क्षति भएका प्रहरी कार्यालय अहिले खण्डहर बनेका छन् । आन्दोलनकारीको आक्रमणबाट मात्रै तीन प्रहरीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?