+
+
Shares

प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १३:२१
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थानमा आगजनी र तोडफोड गर्ने दुई जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूमा २४ वर्षीया सृष्टि तामाङ र २४ वर्षीय धिरेन्द्र चन्द छन्।
  • जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले उनीहरूले सरकारी सम्पत्ति नष्ट गरेको बताए।

६ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२ सानेपाकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मलौली नगरपालिका– घर भएका २४ वर्षीय धिरेन्द्र चन्द छन् ।

उनीहरूले प्रहरी प्रभाग हनुमानस्थनमा आगजनी गरेको, सरकारी सम्पत्ति नष्ट गरेको र प्रहरीको पोशाक, धनमालमा क्षति पुर्‍याएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्रा चक्रराज जोशीले बताए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा पहिचान गरेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?