+
+
Shares

नक्कली गहना धितो राखेर कर्जा, समातिए तीन आरोपित

नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं प्रहरीले नक्कली गहना धितो राखी ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा मिना कुमारी सुनुवार, कालीदास धतानी र अजित विश्वकर्मा रहेका छन्।
  • ललितपुरका सुनचाँदी व्यवसायीलाई ५ लाख ऋण दिन नक्कली सुन धितो राखिएको पाइएको छ।

३१ वैशाख, काठमाडौं । नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका–१ घर भएका ३८ वर्षीय कालीदास धतानी र भक्तपुर नगरपलिका–८ बस्ने झापा अर्जुनधारा नगरपालिका–३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।

ललितपुरका एक सुनचाँदी व्यवसायीलाई आफ्नो आमा बिरामी परेकोले उपचारका लागि रकम आवश्यक परेको भन्दै सुन धितो राखेर ५ लाख ऋण लिएको पाइएको प्रहरीले बताएको छ ।

बाहिर सुनको लेप लगाएर नक्कली सुन धितो राखेको पाइएपछि ती व्यवसायीले प्रहरीलाई खबर गरेको दाबी गरिएको छ । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?