Comments Add Comment

महाभारत

List Grid
महाभारतको प्रसंग : युधिष्ठिरको कालमाथिको विजय !

महाभारतको युद्ध सकिएको थियो । महाराज युधिष्ठिर राजा बनिसकेका थिए । आफ्ना चार भाइहरूको सहयोगमा उनले राजकाज चलाउँदै आएका थिए । राज्य सञ्‍चालनमा पाँचै दाजुभाइको समान अधिकार र सक्रियता थियो । कोही दु:खी सहयोगको लागि आयो भने उसलाई सहयोग गर्ने गर्थे । राज्यमा हाँसिखुसी थियो । एकदिन युधिष्ठिर राजभवनमा बसेर मन्त्रीहरूसँग कुरा गरिरहेका थिए । […]

राज्यारोहणको समयमा युधिष्ठिरलाई कसले दिएका थिए मृत्युवरणको सुझाव ?

महाभारतमा रहेका हरेक पात्रलाई कुनै न कुनै ज्ञान दिनका लागि प्रयोग गरिएका हुन्छन् । यी सबै पात्रको कथालाई छुट्टाछुट्टै हिसाबले व्याख्या गर्दा पनि यसबाट कुनै न कुनै ज्ञान प्राप्त हुन्छ । यिनै पात्रमध्ये एक हुन् चार्वाक राक्षस । चार्वाक राक्षस दुर्याेधनका परममित्र थिए । जसका कारण उनले युधिष्ठिरको राज्यारोहणको समयमा ज्ञानीको भेषमा गएर दुर्याेधनलाई बन्धुको […]

महाभारत युद्धका नियमहरू : कसरी र कसले तोडे पहिलो पटक ?

जब पाण्डव १३ वर्षको निर्वासन पूरा गरी हस्तिनापुर फर्केका थिए, भगवान श्री कृष्णले पा‌ण्डवहरूको पक्ष कौरवको अगाडि राखे । खेलमा पाण्डवहरूले पराजित गरेको इन्द्रप्रस्थ श्री कृष्णले कौरवहरूसँग मागे तर उनलाई दुर्योधनले दिनबाट स्वीकार गरेर श्रीकृष्णको उल्टै अपमान गरे । त्यसपछि कौरव र पाण्डवबीच युद्ध सुरु भयो। दुवै पक्षले मिलेर युद्धको नियम बनाए । यी नियमहरू […]

दुर्याेधनलाई कर्णको सल्लाह : पाण्डवमाथि पराक्रमबाहेक अरू नीति उपयुक्त छैन

कुनैपनि मान्छेलाई आफ्नो वसमा राख्नको लागि ४ किसिमको नीति लिन सकिन्छ भन्ने कुरा पूर्वीय दर्शनले सिकाउँछ । सबैभन्दा पहिलो नीति हुन्छ ‘साम’ । अर्थात् कुनै पनि मान्छेलाई आफ्नो वशमा राख्नको लागि समझदारी वा शान्तिको साथ उसलाई सम्झाउनु नै साम नीति हो । त्यस्तै, दान भनेको आर्थिक वा अन्य प्रलोभनमा पार्नुलाई दान नीति अन्तर्गत् राख्ने गरिन्छ […]

महाभारतको प्रसंग : कसरी भयो भीष्म पितामहको बध ?

दशैंको टीका लगाइदिँदा शौर्यं शान्तनवे अर्थात् शन्तनुपुत्र भीष्मको जस्तो शौर्य होस् भनेर आशीर्वाद दिने गरिन्छ । कर्मवादी भीष्म आफ्नो भीषण प्रतिज्ञाका कारण जति चर्चित छन् बहादुरीका कारण समेत उत्तिकै चिनिन्छन् । महाभारत युद्धमा आफ्नो पितालाई दिएको वचनका कारण हस्तिनापुर राजगद्दीको सुरक्षाका लागि भीष्म कौरवका तर्फबाट युद्ध गरे । आप्mनो शरीर कौरवका पक्षमा भए पनि भीष्मको […]

कस्ता थिए महाभारतका पात्र कर्णका दुई पत्नी

महाभारतमा कुन्ती पुत्र कर्णको चर्चा धेरै सुन्न सकिन्छ । कर्ण महावीर तथा दानवीरको रूपमा प्रसिद्ध महाभारतमा वर्णित छन् । महाभारतको प्रमुख पात्रमध्येका एक कर्णलाई महाभारतमा मुख्य भूमिकामा देखाउने गरिन्छ । कर्ण महाभारतका सर्वश्रेष्ठ धर्नुधारी थिए । भगवान कृष्ण र भगवान् परशुराम स्वयंले समेत कर्णको श्रेष्ठता स्वीकार गरेका थिए । कर्णको चर्चा पछि यति चुलिए पनि […]

महाभारतको प्रसंग : संगत गुनाको फल

मान्छेको आनीबानी एवं स्वभाव कसरी विकास हुन्छ ? उनको लक्ष्य र उदेश्य कसरी तय हुन्छ ? उनको यात्रा र गन्तव्य कस्तो हुन्छ ? यसमा एक व्यक्ति मात्र जिम्मेवार हुँदैनन् । उनी कहाँ एवं कस्तो परिवेशमा हुर्किए, कस्ता वातावरण पाए ? कस्ता साथी–संगत बनाए ? यावत् कुराले अह्म रुपमा आउँछ । कुनैपनि व्यक्ति असल हुनु वा […]

महाभारतको प्रसंग : बालबालिकाका लागि प्रेरणादायी कुरा

महाभारत एक साहित्यिक महाकाव्य हो र यसले हिन्दु पौराणिक कथा र दार्शनिक कथाहरूको वर्णन गरेको छ । यसमा रहेका विभिन्न कथा र पात्रहरू बच्चाका लागि समेत राम्रो शिक्षा एवं प्रेरणाको स्रोत बन्न सक्छन् । वास्तवमा यो ज्ञानको भण्डार हो जुन धेरै पुस्तासम्म चल्दै आएको छ । यसमा धेरै कथाहरू छन्, जसले नैतिकता र आचरण सिकाउँछ […]

महाभारतकी बौद्धिक सुन्दरी भानुमती, यस्तो छ उनको रोचक किस्सा

भानुमती महाभारतकी एक पात्र हुन् । भनिन्छ, उनी अत्यन्तै सुन्दरी थिइन् । रुपरंगले मात्र होइन, बौद्धिकताको हिसाबले पनि उनको चर्चा त्यस्तै थियो। साथसाथै शारीरिक रुपले बलियो पनि । पौराणिक कथाअनुसार भानुमती काम्बोज नरेश चन्द्रवर्माकी छोरी थिइन् । एकपटकको कुरा हो, राजाले भानुमतीको विवाहका लागि स्वयंवर समारोह आयोजना गरे । स्वयंवरमा शिशुपाल, जरासन्ध, रुक्मी, दुर्योधन, कर्ण […]

‘रामायण’ र ‘महाभारत’ पुनः प्रशारणसँगै पहिलो नम्बरमा दुरदर्शनको टीआरपी

लकडाउनका कारण भारतीय नागरिक घर भित्र थुनिएका छन् । त्यसैले, अहिले टेलिभिजन निर्माताहरुले दर्शकलाई आकर्षित गर्ने कार्यक्रम प्रशारण गर्न थालेका छन् । यसैबीच, धार्मिक धारावाहिक सिरियल ‘रामायण’ र ‘महाभारत’ पनि दुरदर्शन च्यानलबाट पुन प्रशारण हुन थालेको छ । खुसीको खबर के छ भने, यी दुबै सिरियललाई भारतमा सर्वाधिक दर्शकको साथ मिलेको छ । यी दुई […]

यिनीहरुले महाभारत युद्ध लडेनन्, तर महत्वपूर्ण भूमिका निर्वाह गरे

पौराणिक ग्रन्थ महाभारतमा अनेकन पात्र छन्, जसको आ-आ–आफ्नै विशेषता र महत्व छ । महाभारत युद्ध कसरी भयो, किन भयो यस सम्बन्धमा धेरै कुरा बाहिर आइसकेका छन् । महाभारत युद्धमा कसले महत्वपूर्ण भूमिका खेले भन्ने सन्दर्भमा पनि कुनै रहस्य बाँकी छैन । यद्यपी त्यही युद्धमा केही यस्ता पात्र थिए, जसले हतियार उठाएनन् । अर्थात उनीहरु युद्धमा […]

महाभारतको रोचक प्रसंगः कर्णको विजय धनुष भर्सेस अर्जुनको गाण्डीव धनुष

प्रसंग महाभारतकै ।  महाभारत युद्धमा  गेम चेन्जरका रूपमा देखा परेका दुई योद्धा हुन् अर्जुन र कर्ण । एक्लैले हाहाकार मच्चाउन समर्थ यी योद्धाहरुमध्ये कर्णलाई अर्थरथी भनेर होच्याइएको पाइन्छ भने अर्जुनलाई दुई महारथी बराबरको सामथ्र्य भएको भनेर प्रशंसा गरिएको पाइन्छ । यीमध्ये एक प्रशंसित छन् भने अर्का अभिशप्त । जन्मँदै आमाबाट परित्यक्त कर्णले जीवनभरि नै आफ्नो […]

महाभारतका १० लभ स्टोरी जसले इतिहासलाई प्रभाव पारे

महाभारत विचित्र छ । विशेष गरी यसका पात्रहरूको जटिलता गजब छ । यहाँ छ बहुपत्नी प्रथाका साथै बहुपति प्रथा पनि । कतै कसैको हरण भइरहेको पाइन्छ भने कतै कसैमाथि जबर्जस्ती वा जबर्जस्तीको प्रयास भइरहेको पनि छ । यति हुँदाहुँदै पनि महाभारतमा प्रेमका अचम्मलाग्दा थुप्रै प्रसंग छन् जसमध्ये १० वटाको चर्चा यहाँ गरिएको छ । यी […]

यी पाँचजना महिलाका कारण भएको थियो महाभारत युद्ध

महाभारत विश्वकै ठूलो महाकाव्य हो जसको रचयिता कृष्ण द्वैपायन वेदव्यास मानिन्छन् । महाभारत काव्यभन्दा बढी हाम्रो जीवनसँग घुलमिल भएको छ तसर्थ यसका विषयमा कौतुहल हुन स्वाभाविक हो । खासमा भन्ने हो भने महाभारत युद्ध यसै कारणले भएको हो भनी किटान गर्न गार्‍हो छ तर आम मान्यता के छ भने युद्ध महिला, जमिन तथा स्वाभिमानका लागि […]