+
+
Shares

काभ्रेको महाभारतबाट गर्भवती र सुत्केरीको हेलिकप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते ८:५९

२६ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका स्वास्थ्य अवस्था गम्भीर भएका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

पछिल्ला दुई दिनको अवधिमा स्वास्थ्य अवस्था गम्भीर भएकी सुत्केरी र गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

आइतबार महाभारत गाउँपालिका–६ बनखुकीकी २५ वर्षीया सुनिता मोक्तान र शनिबार महाभारत गाउँपालिका–१ निवासी २० वर्षीया सुजिता थिङलाई हेलिकप्टबार उद्धार गरी काठमाडौं पुर्‍याइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

उनका अनुसार सुजिता थिङ सुत्केरी पश्चात् पिसाब रोकिने गम्भीर स्वास्थ्य समस्यामा परेकी थिइन् । सुरुमा गोठगाउँ स्वास्थ्य चौकीमा उपचार गराइएको थियो । तर थप जटिलता हुनसक्ने देखिएपछि स्वास्थ्यकर्मीहरूको सिफारिसमा हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, प्रसूति तथा स्त्रीरोग विभागमा पुर्‍याइएको थियो ।

त्यसैगरी आइतबार महाभारत गाउँपालिका–६ बनखुकीकी २५ वर्षीया सुनिता मोक्तान लामो समयसम्मको प्रसव पीडाका कारण स्वास्थ्य गम्भिर बनेको थियो । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि मोक्तानलाई नेपाली सेनाको हेली एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल, प्रसूति तथा स्त्रीरोग विभागमा पठाइएको थियो ।

राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा नि:शुल्क रुपमा नेपाली सेनाको हेली एम्बुलेन्स मार्फत उद्धार भएको पालिकाले जनाएको छ ।

हेलिकप्टरमार्फत् उद्धारका लागि लागि स्वास्थ्य संस्थाका इञ्चार्जले गाउँपालिकालाई, गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गर्नुपर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?