Comments Add Comment

माधव नेपाल

List Grid
राष्ट्रपति र माधव नेपालबीच भेटवार्ता

७ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् । नेता माधव नेपाल निकट स्रोतले राष्ट्रपतिसँग भेट भएको पुष्टि गरे । तर कुराकानीको विषय खुलाउन चाहेन […]

‘अब माधव नेपालसँग एकताको सम्भावना छैन’

एमालेको विभाजन भयो भनेर हल्लाखल्ला गर्नुको कुनै औचित्य छैन । एमाले विभाजन भएको होइन, चोइटिएको हो । तर, गर्न खोजेको विभाजनै हो, विपक्षी गठबन्धनले, कांग्रेस, प्रचण्डले । एमाले विभाजन भयो भनेर जनतासामु देखाउन खोजिएकै हो । तर, उनीहरुको अपेक्षा पूरा हुन पाएन । एमाले विभाजन भएन, चोइटियो मात्र । माओवादीका अध्यक्ष प्रचण्डले एमाले फुटाउने नेतृत्व […]

पार्टी जीवनकै ठूलो संकटमा एमाले

५ भदौ, काठमाडौं । नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन आयोगमा पार्टी नाम परिवर्तन सहित निवेदन दिएका छन् । बुधबार नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएको भए पनि आयोगले अर्को नाम ल्याउन भनेपछि नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । ‘एमाले राख्न नदिइएपछि हामीले नयाँ नाम प्रस्ताव गरेका छौं । चुनाव चिन्हबारे […]

माधव नेपाल पक्षले पायो रेल्वे कम्पनीमा राजनीतिक नियुक्ति, निरन्जन झा बने महाप्रवन्धक

४ भदौ, जनकपुरधाम । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको […]

माधव नेपालको पार्टीबारे बाबुराम भन्छन्- समाजवादको नयाँ मोडेल खोज्नेतिर देश गइराखेको छ

३ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका छन् । नेकपा एमाले छाडेका माधव नेपालले नेकपा एमाले समाजवादी पार्टी गठन गर्नुले त्यसको संकेत गरेको भट्टराईको भनाइ छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले […]

माधव नेपालका सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण

३ भदौ, काठमाडौं । नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्वप्रधानमन्त्री माधव नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न नेकपा (एमाले)ले सभामुखको ध्यानाकर्षण गराएको छ । बिहीबार बिहान सभामुख अग्निसापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले कारबाहीका लागि ध्यानाकर्षण गराएको हो । एमाले स्थायी कमिटी बैठकले १ […]

देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पूर्व प्रधानमन्त्री नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ […]

कस्तो बन्ला माधव नेपालको पार्टी ?

३ भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीलाई निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिएसँगै नेकपा एमाले विभाजनले वैधानिकता पाउनेछ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता नेपालले आफ्नै नेतृत्वमा ९५ जनाको नामसहित दल दर्ताको निवेदन दिएर विभाजनको वैधानिक प्रक्रिया अगाडि बढाएका छन् । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण भएकै दिन, नेकपा एमाले (समाजवादी) दर्ताका […]

लुम्बिनीका माधव नेपाल पक्षका सांसद ‘पर्ख र हेर’को अवस्थामा

३ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभामा एमालेका ३७ सांसदमध्ये दुई जना सांसद एक साताअघि माधव नेपाल पक्षमा सार्वजनिक रुपमै खुलेका थिए । साउन ३० गते माधव पक्षीय एमाले रुपन्देहीको जिल्ला भेलामा उपस्थित भएर मन्तव्य राखेका कपिलवस्तुका विष्णु पन्थी र पाल्पाकी रमा घर्ती माधव नेपालले नयाँ दल दर्ता गरेपछि भने पर्ख र हेरको अवस्थामा रहेका छन् […]

एमाले विभाजनमा ईश्वर पोखरेलको टिप्पणी : अदृश्य शक्तिको कुत्सित चाहना पूरा गर्ने काम

३ भदौ, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताएका छन् । उनले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर टिप्पणीसमेत गरेका छन् । नेता माधव कुमार नेपाल एमालेबाट अलग भएर नयाँ दल दर्ताको लागि निवेदन दिएपछि पोखरेलले सो धारणा सार्वजनिक गरेका […]

माधव नेपालको नयाँ पार्टी : नेकपा एमाले समाजवादी !

२ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ । राष्ट्रपतिले अध्यादेश […]

माधव नेपाल पक्षलाई माफी दिन हुँदैन : सांसद प्याकुरेल

१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएका छन् । मंगलबार काठमाडौंमा भएको ओली पक्षका सांसदहरुको अनौपचारिक छलफलमा सहभागी सांसदहरुले माधव नेपाल पक्षलाई माफी दिन नहुने धारणा राखेका हुन् । छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप […]

निर्णायक मोडमा एमाले

१ भदौ, काठमाडौं । सोमबार मध्यरात हुनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पन्ने वक्तव्य जारी गरी पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् । ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपील गर्दछु’, राति एघार बज्नै लाग्दा जारी […]

पार्टी एकताका लागि अन्तिम पर्खाइमा छौं : माधव नेपाल

३० साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखे । शनिबार वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले […]

जितेका माधव नेपालले गुमाएका अवसर !

२९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकलौटी निर्णय गर्दै अगाडि बढेपछि पार्टी एकता जोगाउने गरी जुटेको १०बुँदे सहमति संकटमा परेको छ । २५ साउनमा केन्द्रीय कमिटी बैठक राखेर अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्नेगरी पार्टी गतिविधि अगाडि बढाएका छन् । ‘१०बुँदे सहमति पालना भएको भए कार्यदल गठन गरेर त्यसको आधारमा दशौं महाधिवेशन, […]

पार्टीमा म नै सर्वज्ञानी हुँ भन्ने अहंकार देखिएको छ : माधव नेपाल

२३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको टिप्पणी गरेका छन् । शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि बताए । ‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे […]

सरकारको च्याप्टर क्लोज, एकताको बल ओलीको कोर्टमा

२२ साउन, काठमाडौं । दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरुको बैठकले नेकपा एमालेको एकताका साथै सरकारमा सहभागिताबारे देखिएको अलमल अन्त्य गरेको माधवकुमार नेपाल समूहका नेताहरुले बताएका छन् । बुद्धनगरमा बसेको बैठकले सम्मानजनक एकताको पक्षमा उभिने निर्णय गरेको छ । यससँगै सरकारमा सहभागिताको च्याप्टर क्लोज भएको छ भने एकताको बल पार्टी अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा पुगेको […]

माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

२१ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिले बिहान एघार बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ । बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक […]

माधव-झलनाथ पक्षको केन्द्रीय समिति बैठक स्थगित

२० साउन, काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले […]

कहाँ कहाँ चुके ओली र नेपाल ?

२०७७ पुस ५ गते यता भइरहेका नेपाली राजनीतिको अराजनीतिक खेलहरूको परिणति तथा फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला परिणामले अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विघटन भयो । २०७५ साल जेठ ३ गतेका दिन तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) बीचको एकता तीन वर्ष पनि नपुग्दै विभाजनको अवस्थामा पुग्यो । एमाले र माओवादी केन्द्र […]

माधव नेपाललाई प्रचण्डले भेटे, ओलीले पनि भेट्ने तयारी

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् । प्रचण्ड र नेपाल दुवैको सचिवालयले मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् । यद्यपि कोटेश्वरस्थित […]