+
+
Shares

डोल्पाका उम्मेदवारविरुद्ध परेन उजुरी

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पाका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका ९ उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
  • मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले सबै उम्मेदवार कानुनी रूपमा योग्य रहेको र नामावली प्रकाशित गरिएको बताउनुभयो।
  • डोल्पामा फागुन २१ गते हुने निर्वाचनका लागि ८ दलका उम्मेदवार र एक स्वतन्त्र उम्मेदवारले भाग लिनेछन् र मतदाता संख्या २४ हजार १ सय १५ रहेको छ।

माघ ८, डोल्पा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पाका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

माघ ६ गते उम्मेदवारी दर्ता गरेका ९ जनाविरुद्ध कुनै पनि उजुरी नपरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले उम्मेदवारी दिएका सबै ९ जनाको उम्मेदवारी कायम रहेको र सोहीअनुसार नामावली सार्वजनिक गरिएको जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट जाँच गर्दा सबै उम्मेदवार कानुनी रूपमा योग्य रहेको पाइएको उनको भनाइ छ ।

कानुन बमोजिम कायम रहेका उम्मेदवारको नामावली प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २४ बमोजिम प्रकाशन गरिएको अधिकृत भारतीले बताए ।

निर्वाचन तालिका अनुसार भोलि माघ ९ गते उम्मेदवारी फिर्ताको समय छ । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण पनि हुँदैछ । त्यसपछि उम्मेदवारहरूकाे अन्तिम नामावलीअनुसार मत पत्र तयार हुनेछ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्लामा ८ जना दलबाट र एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाली कम्युनिस्ट पार्टीबाट धन बहादुर बूढा, नेकपा एमालेबाट लंक बहादुर रोकाया, नेपाली काँग्रेसबाट कर्णबहादुर बूढा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देव सिंह ऐडी, उज्यालो नेपाल पार्टीबाट दिलबहादुर विष्ट, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बूढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हरि डाँगी, मितेरी नेपाल पार्टीबाट जुनु भण्डारी र स्वतन्त्र ओमेन्द्र केसीले छन् ।

प्रतिनिधीसभा एकमात्र क्षेत्र रहेको डोल्पामा ६८ वटा मतदानस्थल छन् । जिल्लामा मतदाता नामावली अद्यावधिक हुँदा २४ हजार १ सय १५ जना मतदाता कायम भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?