Comments Add Comment

मानव अधिकार

List Grid
डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान

३० चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यसवर्षको स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको वैठकले डा. वस्तीले आयोगको शवोत्खनन् लगायत मानव अधिकारका दर्जनौं अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गर्ने निर्णय गरेको हो । डा. वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण […]

‘सरकार टिकाउन अपराधलाई छुट दिन पाइन्‍न’

२० चैत, बुटवल । मानव अधिकार तथा शान्ति समाजले सरकार टिकाउन गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघन र फौजदारी मुद्दाका अपराधलाई छुट दिन नपाइनेर्तफ सरकारको ध्‍यानाकर्षण गरेको छ। कैलाली घटनामा दोषी ठहर भइ आजीवन कारावासको सजाय भुक्तान गरिरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन गृहकार्य अघि बढाएको भन्‍दै सरकारको ध्‍यानाकर्षण गराएको हो। कार्यक्रममा […]

म्यानमारमा सैन्य दमनको विरोधमा शान्ति समाजको प्रदर्शन

१७ चैत, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयअगाडि प्रदर्शन गर्दै समाजले राष्ट्रसंघका महासचिवलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले सामूहिक कदम चाल्न राष्ट्रसंघलाई आग्रह गरिएको छ । […]

भिजिट भिसाको सकस : मानव अधिकार हेर्ने कि मानव तस्करी रोक्ने ?

९ माघ, काठमाडौं । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) लगेर रोजगारी दिलाउने भन्दै सिराहाका ९ युवकलाई अलपत्र पारेपछि गत पुस २० गते वैदेशिक रोजगार विभागले बेबीस्टार इन्टरनेसनल प्रालिमा छापा पार्यो । त्यहाँ कागजात फेला नपरेपछि अनुगमन टोलीले अलपत्र युवालाई राखिएको गौशालाको रोयल सिराहा होटल एण्ड गेष्ट हाउस पुगेर भिजिट भिसा लागेका २ वटा पासपोर्ट […]

दसैं विदामा परेन मानव अधिकार उल्लंघनको उजुरी

१२ कात्तिक, काठमाडौं । दसैं विदामा मानव अधिकार उल्लंघन सम्बन्धी एउटा पनि उजुरी दर्ता नभएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगका केन्द्रीय तथा प्रदेश कार्यालयहरू दसैं विदामा उजुरी ग्रहणका लागि दैनिक दुई घण्टा खुल्ला गरिएको थियो । तर विदाका बेलामा एउटा पनि उजुरी दर्ता नभएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए । […]

विदेशमा अप्ठेरामा परेका नेपालीको अधिकार संरक्षण गर : मानव अधिकार आयोग

२९ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्नेलगायतका गैरकानूनी काम रोक्न कूटनीतिक पहल […]

मानव अधिकार अनुगमन प्रतिवेदन सार्वजनिक

१२ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अन्तरराष्ट्रिय सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार अवस्थाका सम्बन्धमा अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले आज छिमेकी मित्रराष्ट्रसँग जोडिएका ४० जिल्लाका सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको मानव अधिकारको अवस्था प्रतिवेदन वेबसाइडमार्फत सार्वजनिक गरेको हो । आयोगका सदस्यद्वय मोहनाअन्सारी र गोविन्द शर्मा पौड्यालसहितको अनुगमन टोलीले […]

‘फेसबुक र गुगल मानव अधिकारका लागि खतरा’

काठमाडौं । इन्टरनेट जगतका सबैभन्दा ठूला प्लाटफर्म गुगल तथा फेसबुक अहिले मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेका छन् । तर मानव अधिकारसम्बन्धी संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार गुगल र फेसबुकको व्यवसायिक मोडेलले मानव अधिकारको क्षेत्रमा खतरा पैदा गरेको छ । एम्नेष्टीको रिपोर्टमा यी प्रविधि कम्पनीहरुले अंगीकार गर्ने व्यापक निगरानीको शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । गुगल […]

सिफारिस कार्यान्वयन नगर्नेको नाम सार्वजनिक गर्ने मानव अधिकार आयोगको तयारी

६ कात्तिक, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । मानवअधिकार उंलघन कर्ता वा निकायलाई कारवाहीका लागि सिफारिस गरे पनि कार्यान्वयन नभएपछि आयोग स्वयंले सिफारिस कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिको नाम सार्वजनिक गर्ने तयारी गरेको हो । मानवअधिकारको उंल्लघन जस्तो गम्भीर अपराधमा संलग्नलाई कारवाही गर्न सिफारिस […]

अपराधको अन्तर्राष्ट्रिय सम्बन्धले मानव अधिकार संरक्षण चुनौतीपूर्ण : गृहमन्त्री थापा

२१ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अपराधको सम्बन्ध नेपालभित्र नभई अन्तर्राष्ट्रियस्तरसम्म फैलिएकाले यसलाई निराकरण गर्नु चुनौतीपूर्ण बनेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले आयोजना गरेको मानव अधिकार संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरी विषयक कार्यक्रममा उनले नेपालभित्रको अपराधको जालो अन्तर्राटि्रयस्तरसम्म फैलिएकाले मानव अधिकार संरक्षणको विषय पनि कठिन बनेको बताएका हुन् । आर्थिक रुपमा विश्वका […]

नागरिक र प्रहरीबीचको खाडल खारेज हुनुपर्छः आईजीपी खनाल

२१ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नागरिक र प्रहरीबीचको खाडल अन्त्य हुनुपर्ने बताएका छन् । उनले कार्यस्थलमा खटिने प्रहरीसँग मानव अधिकारको ज्ञान हुनुपर्ने आवश्यकता समेत औंल्याए । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानवअधिकार शाखाले बिहीबार राजधानीमा आयोजना गरेको ‘मानव अधिकार संरक्षण र प्रबद्र्धनमा नेपाल प्रहरी’ विषयक गोष्ठीमा बोल्दै आईजीपी खनालले […]

भूकम्प पीडितको मानव अधिकार जोखिममाः आयोग

५ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडितहरूको आधारभूत मानव अधिकार जोखिममा रहेको निष्कर्ष निकालेको छ । आयोगले विज्ञप्ती निकालेर भूकम्पबाट प्रभावित जिल्लाहरु गोरखा, धादिङ, नुवाकोट र रसुवा जिल्लाको अनुगमन गर्दा अधिकांश परिवार अस्थायी टहरामा जोखिमपूर्ण रुपमा बसोबास गरिरहेका, गोरखा जिल्लाका केही पीडितहरूले सरकारले उपलब्ध गराएको १५ हजार रुपैयाँसमेत नपाएको जनाएको छ । […]