+
+
Shares

राज्यलाई मानव अधिकार विरोधी भन्नु गलत : शङ्कर पोखरेल

रासस रासस
२०८२ असार २९ गते १४:५०
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि र अधिकार रक्षा गर्नु आजको प्रमुख जिम्मेवारी भएको बताएका छन्।
  • पोखरेलले लोकतान्त्रिक राज्य मानव अधिकारको रक्षक भएको र सामाजिक अराजकताले राज्य कमजोर बनाउने उल्लेख गरे।
  • मानव अधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले मानव अधिकार उल्लङ्घन बढेकाले सरकार सचेत हुनुपर्ने बताए।

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता : महासचिव पोखरेल

२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि र अधिकार रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)को २६औँ स्थापना दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले आजको अधिकार प्राप्तिका लागि नेपालका राजनीतिक दलको त्याग, सङ्घर्ष र बलिदान भएको बताए ।

महासचिव पोखरेलले २००७ को परिवर्तनपछि नेपाली जनताले केही अधिकार पाएका भए पनि पुनःराजाले त्यो अधिकार खोसेको उल्लेख गरे । उनले लोकतान्त्रिक राज्य जति बलियो हुन्छ त्यति नै मानव अधिकार सुनिश्चित हुने धारणा राखे ।

राज्यलाई मानव अधिकार विरोधी भनी गरिने परिभाषा नै गलत रहेको भन्दै यसले सामाजिक अराजकता बढाउने उनको भनाइ छ ।

महासचिव पोखरेलले सामाजिक अराजकताले अन्ततःराज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने भनाइ राखे । लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानव अधिकारको रक्षक भएको उनले बताए ।

वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेले देश र जनताको हितमा काम नगर्ने उनको धारणा छ । उनीहरूले सामाजिक अराजकता बढाउने र प्रतिगमनलाई नै सहयोग पुर्‍याउने पोखरेलले बताए ।

महासचिव पोखरेलले नेपालको आर्थिक विकासमा अहिले नयाँ चुनौती सिर्जना भएको बताए । ‘काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी ? काम गर्ने मान्छे सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गर्ने, देश बनेन भनेर चिन्ता गरेर हुँदैन, यसका लागि देशमा नै बसेर काम गर्नुपर्छ’, उनले भने । देशलाई समृद्ध बनाउने हो भने नागरिक समृद्धिको यात्रामा जुट्नैपर्ने उनको भनाइ छ ।

त्यस अवसरमा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले एमालेलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । मानव अधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले मानव अधिकार उल्लङ्घनका घटना बढिरहेकाले सरकार सचेत हुनुपर्नेमा जोड दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?