+
+
Shares

कैलाली कांग्रेसको कार्यालयमा ताला, नियमित कामकाज ठप्प

उनीहरूले कार्यालय पुग्दा मूल गेट तथा भित्रका कार्यकक्षमा ताला लगाएर नियमित कामकाज अवरुद्ध भएको पाइएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १४:३१

१ जेठ, धनगढी । नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा नियमित कामकाज रोकेर तालाबन्दी गरिएको छ । पार्टी केन्द्रले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ । तर, कैलालीको पार्टी कार्यालयमा भने ताला लागेको नेताहरूले बताएका छन् ।

शुक्रबार धनगढीस्थित पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापतिसहित नेता तथा कार्यकर्ता जम्मा भएका थिए । उनीहरूले कार्यालय पुग्दा मूल गेट तथा भित्रका कार्यकक्षमा ताला लगाएर नियमित कामकाज अवरुद्ध भएको पाइएको बताएका छन् ।

मूल गेटको ताला छिचोल्न आफूहरू पछाडिको सिढी प्रयोग गरेर कार्यालयभित्र प्रवेश गरे पनि भित्र सबै कोठामा पनि ताला लगाइएकाले सदस्यता अद्यावधिकलगायतका कार्य अगाडि बढाउन नसकिएको उनीहरूले बताएका छन् ।

विशेष महाधिवेशनको पक्ष–विपक्षमा देखिएको विवादकै कारण केही पक्षले नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्यता अद्यावधिकसम्बन्धी निर्णय कार्यान्वयन हुन नदिने अडान लिएको छ ।

जिल्ला सभापति नारायण भट्ट देउवा पक्षीय नेता मानिन्छन् । स्रोतका अनुसार उनकै निर्देशनमा कार्यालय बन्द गरिएको आरोप लगाइएको छ ।

यस्तै, कार्यालय सचिव प्रयाग जोशी पनि सम्पर्कविहीन रहेको पार्टी कार्यालयमा उपस्थित नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?