+
+
Shares

डीएसपी भट्टलाई नेपाल प्रहरीको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी सुवास भट्टलाई ७१ औँ प्रहरी दिवसमा सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ।
  • प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भट्टलाई पुरस्कारसहित सम्मान गरेका हुन्।
  • पूर्वी चितवनको वृद्धा हत्या र लुटपाट तथा नवलपरासीको बन्धक घटनाको अनुसन्धान भट्टको नेतृत्वमा भएको थियो।

३० असोज, चितवन । चितवनको इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टलाई ७१ औँ प्रहरी दिवसका अवसरमा  सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डीएसपी भट्टलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कारसहित सम्मान गरेका हुन् ।

फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक निष्ठा र निरन्तर समर्पण प्रदर्शनमा भट्ट सफल देखिएको भन्दै प्रहरीले उनलाई सम्मान गरेको हो ।

पूर्वी चितवनमा एक वृद्धाको हत्या तथा लुटपाट र नवलपरासीको बन्धक बनाइएको एक घटनाको उनको नेतृत्वमा सफल अनुसन्धान भएको थियो ।

उनी २०८२ फागुनमा बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी समेत घोषित बनेका थिए ।

गोर्खा घर भएका भट्ट २०७० सालदेखि प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?