News Summary
Generated by OK AI. Editorially reviewed.- पहिलो संस्करणको नेपाल फुटबल लिग फागुन १ गतेदेखि सुरु हुने घोषणा शुक्रबार पत्रकार सम्मेलनमार्फत गरिएको छ ।
- एनएफएलका प्रमुख कल्याण गुरुङले नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित लिग अघि सारिएको बताए ।
- लिगमा ललितपुर सिटी एफसीसहित ७ टोली खेल्ने निश्चित भएको छ, र प्रतियोगिता होम एन्ड अवेका आधारमा करिब ४ महिना चल्नेछ ।
३० असोज, काठमाडौं । आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरिएको छ ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एनएफएलको घोषणा गरिएको हो ।
नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङ बताए ।
लिगले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अवस्थामा घरेलु फुटबल चलयमान गराउन सहयोग पुर्याउने गुरुङको विश्वास छ ।
ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी गरी ७ टोली खेल्ने निश्चित भएको छ । त्यसमा केही टोली थप गर्ने योजना आयोजकको छ ।
लिग होम एन्ड अवेका आधारमा हुनेछ । लिग करिब ४ महिला सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4