News Summary
Generated by OK AI. Editorially reviewed.- साविक विजेता लुम्बिनी लायन्सले एनपीएलको तेस्रो संस्करणका लागि ‘हाम्रो राज, हाम्रो शान’ नारासहित नयाँ जर्सी सार्वजनिक गरेको छ।
- टोलीले जर्सीको अवधारणालाई ‘रुल : हाम्रो राज, हाम्रो नेतृत्व’ भन्दै लुम्बिनीको ऐतिहासिक गौरव, नेपालको विविधता र नेतृत्वप्रतिको आत्मविश्वाससँग जोडेकाे छ।
- लुम्बिनी लायन्सले अक्टोबर २६ मा सुदूरपश्चिम रोयल्ससँग खेल्दै एनपीएल तेस्रो संस्करण सुरू गर्नेछ र उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।
३० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साविक विजेता लुम्बिनी लायन्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले ‘हाम्रो राज, हाम्रो शान’ भन्ने नारासहित नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको हो।
नयाँ जर्सीको मुख्य अवधारणा ‘रुल : हाम्रो राज, हाम्रो नेतृत्व’ रहेको छ। यसले लुम्बिनीको ऐतिहासिक गौरव, नेपालको विविधता र नेतृत्वप्रतिको आत्मविश्वासलाई प्रतिनिधित्व गर्ने टोलीले जनाएको छ।
जर्सीमा सिंहको केशलाई टोलीको पहिचानको प्रमुख प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। यसले टोलीको जोश, शक्ति, आक्रामकता र गौरवलाई झल्काउने अवधारणा राखिएको छ। सिंहको शाही आत्मविश्वासमार्फत मैदानमा प्रभुत्व जमाउने टोलीको लक्ष्यलाई पनि जर्सीमा समेटिएको छ।
त्यस्तै, जर्सीमा मण्डला डिजाइन समावेश गरिएको छ। प्राचीन सभ्यता, शान्ति र आध्यात्मिक विरासतसँग जोडिएको मण्डलाले लुम्बिनीको सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्छ। यसको निरन्तर घेराले पहिचान, एकता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको गौरवलाई संकेत गर्ने टोलीले जनाएको छ।
लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा उपाधि जितेको थियो। च्याम्पियनको विरासतलाई निरन्तरता दिने लक्ष्यसहित टोली तेस्रो सिजनमा मैदान उत्रने तयारीमा छ।
एनपीएलको तेस्रो संस्करणमा लुम्बिनीले अक्टोबर २६ मा सुदूरपश्चिम रोयल्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नयाँ जर्सीसहित मैदानमा उत्रने टोलीको लक्ष्य उपाधि रक्षा गर्नु हुनेछ।
प्रतिक्रिया 4